अखिल क्रान्तिकारी नवलपरासीको १७ औँ सम्मेलन


नवलपुर : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल क्रान्तिकारी नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला को १७ औँ सम्मेलन बुधबार सम्पन्न भएको छ ।

सम्मेलनमा प्रमुख अतिथि सङ्गठनका केन्द्रीय महासचिव तथा मध्यपश्चिम कमान्ड इन्चार्ज प्रकाश शाहीले शैक्षिक क्षेत्रमा व्यापारीकरण र निजीकरणको अन्त्यका लागि विद्यार्थीहरू एकजुट हुनुपर्ने बताए । उनले राजनीतिक–शैक्षिक विकृति–विसङ्गतिविरुद्ध लड्नुको विकल्प नरहेको बताउँदै राज्यले शिक्षा क्षेत्रको आन्दोलन दबाउन विभिन्न कदम चालेको भए पनि असफल भएको प्रस्ट पारे । उनले राज्यको दमनकारी फासिवादी चरित्रका विरुद्धमा लड्नुको विकल्प नरहेको पनि बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा कपिलवस्तुका इन्चार्ज शरद ओलीले विद्यार्थीका समस्यालाई एकीकृत जनक्रान्तिमा जोड्नुपर्ने र शैक्षिक दलालहरूलाई कारबाहीको दायरामा ल्याइने बताए ।

सम्मेलनले रूपा बुढामगरको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेको समाचारमा जनाइएको छ ।

कार्यक्रममा नेकपा नवलपुरका जिल्ला सेक्रेटरी शीतल, अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक वीरेन्द्र, युवा सङ्गठनका संयोजक किशोरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :