वीरबहादुर घलान ‘ज्वाला’ नेकपाबाट निष्कासित


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले पार्टीका तत्कालीन नारायणी ब्युरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ लाई पार्टीको कुनै पनि निकायमा नरहने गरी निष्कासन गरेको छ । ब्युरो इन्चार्ज शितलले वक्तव्य जारी गरी उक्त जानकारी गराएका हुन् ।

शितलको प्रेस वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन नारायणी ब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ लाई गत मिति २०७५ चैतमा प्रहरीले गिरफ्तार गर्यो । पार्टीको योजनाभन्दा बाहिर केही तस्करहरूसँग व्यक्तिगत भेटघाट गर्न जाँदै गर्दा उहाँ गिरफ्तारीमा पर्नुभयो । ८ महिनासम्म जेलमा बस्नुभयो । जेल बसेकै समयमा पार्टी नीति र अनुशासनबाहिर गई हाम्रो पार्टी र व्यवसायीहरुलाई असर पर्ने गरी आर्थिक छलफल चलाउनुभयो ।’

वक्तव्यको अगाडि भनिएको छ, ‘जेलबाहिर आइसकेपछिका वक्तव्यबाजी र पत्रकार सम्मेलन यी सबै पार्टी नीति र अनुशासनविपरीत छन् । पार्टी नीति र अनुशासनविपरीत गएकाले उहाँ हाम्रो नेपाल कम्युनिस्ट पार्टीको कुनै पनि निकायमा नरहने गरी निष्कासन गरेको जानकारी गराउँछौँ । पार्टीका नाममा पार्टीबाहिरका व्यक्तिहरुबाट हुने गतिविधिप्रति पार्टीपङ्क्ति, आमजनसमुदाय र व्यवसायीहरुसमेतलाई सचेत हुन जानकारी गराउँछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :