नेता वीरजङ्गसहित नेकपाका २१ जना नेता–कार्यकर्ता जेल चलान


दाङ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ सहित २१ जना नेता–कार्यकर्तालाई सोमबार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत दाङले जनही १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि नेकपा नेताहरूले धरौटी नबुझाएका कारण कारागार चलान गरिएको बताइएको छ । 

जिल्ला न्यायाधीश रीतेन्द्र थापाको इजलासले वीरजङ्गसहित २१ जनालाई नै १५/१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

नेताहरू वीरजङ्ग, केशबहादुर बाँठा, सविनलगायत २१ जनालाई दाङको राजपुर, मगराइनाबाट प्रहरीले मध्यरातमा बिनाकारण गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :