जाजरकोटमा नेकपाका नेता खोज्दै हिँडेका प्रहरी नियन्त्रणमा, घटनास्थलमा व्यापक प्रहरी परिचालन

दुई प्रहरी घाइते, सुराकी नगर्न चेतावनी दिएर छोडियो


काठमाडौँ : जाजरकोट नलगाडको सिर्केमा नेकपाका नेता तथा कार्यकर्ता खोज्दै हिँडेका दुई प्रहरी घाइते भएका छन् । नेकपाका नेता खोज्दै हिँडेका सेपुखोला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गङ्गाबहादुर चन्द र प्रहरी जवान दिलबहादुर डाँगीलाई नेकपाको सहयोगमा स्थानीय बासिन्दाले नियन्त्रणमा लिने क्रममा भाग्दै गर्दा खुट्टामा सामान्य चोट लागेको जानकारी नेकपा जाजरकोटका सेक्रेटरी राजकुमार राईले दिएका छन् । भाग्न लागेका प्रहरीलाई नियन्त्रणमा लिएर आगामी दिनमा नेकपाको कार्यक्रम, र नेता कार्यकर्ताको पिछा नगर्ने चेतावनी दिएर स्थानीय जनसमुदायसमक्ष बुझाइएको राईद्वारा विज्ञप्तिमा जनाइएको छ । प्रहरीहरू घाइते भयपछि सदरमुकामबाट सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी प्राप्त भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति जाजरकोटले विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी दलाल पुँजीवादी संसदीय व्यवस्थाको भन्डाफोर गर्दै यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा निरन्तर अघि बढिरहेको यहाँहरू सबैलाई अवगत नै छ ।’

विज्ञप्तिमा राईले भनेका छन्, ‘देशभक्त, क्रान्तिकारी, प्रगतिशील, नवजवान युवा–विद्यार्थी, सेना, प्रहरीलगायत सम्पूर्ण जनसमुदायहरूमा क्रान्तिलाई साथ, सहयोग र समर्थन गरी स्वाधीन राष्ट्र निर्माण गर्न आह्वान गर्दागर्दै हाम्रो पार्टीका विरुद्ध दलाल केपी–पीके कम्पनीको इसारामा गस्ती, पिछा गर्दै हाम्रो कार्यक्रमस्थल तलगाड नपा ५ सिर्केमा आएको जानकारी पाएपछि हाम्रो पार्टीले सेपुखोला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गङ्गाबहादुर चन्द र प्रहरी जवान दिलबहादुर डाँगीलाई नियन्त्रणमा लिन खोज्दा भाग्दै गर्दा खुट्टामा सामान्य चोट लागेपछि पुनः नियन्त्रणमा लिएर आगामी दिनमा हाम्रो पार्टीको कार्यक्रमको र नेता–कार्यकर्ताको पिछा नगर्ने चेतावनी दिएर स्थानीय जनसमुदायका सामु केही मिनेटभित्रै घटनास्थलमै पुस २ गते छोडेका छौँ ।’

विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ, ‘आगामी दिनमा कोहीकसैले हाम्राविरुद्ध सुराकी गरेमा स्वयंमले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी यही विज्ञप्तिमार्फत दिन्छौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :