सीमा अतिक्रमणविरोधी कार्यक्रममा प्रहरी हस्तक्षेप, ८ जना गिरफ्तार

काठमाडौँ : भारतले नेपालको भूमि अतिक्रमण गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौँको ढल्कुमा सोमबार जनवर्गीय सङ्गठनहरूको संयुक्त मोर्चाले प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरी ८ जनालाई गिरफ्तार गरेको हो ।

कार्यक्रमबाट ८ जना गिरफ्तार भएको र तीमध्ये ६ जनालाई सोह्रखुट्टे प्रहरी वृत्त र २ जनालाई न्युरोडस्थित जनसेवाको हिरासतमा राखिएको जानकारी प्राप्त भएको छ । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको विरोधमा प्रदर्शनको तयारी गरिएको थियो । विज्ञहरूले सार्वजनिक गरेको नयाँ नक्सासहित प्रदर्शन गर्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीको हस्तक्षेपछि कार्यकर्ता तितरबितर भएका थिए । अन्तिममा सहभागी युवा तथा विद्यार्थीहरूले केही समय प्रदर्शन गर्दै कोणसभा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :