सिएमसिको शुल्क समायोजन झुठो भन्दै चिकित्सा शिक्षा सङ्घर्ष समितिले दियाे सशक्त भण्डाफोर गर्ने चेतावनी


काठमाडौँ : चिकित्सा शिक्षा सङ्घर्ष समितिले चितवन मेडिकल कलेजको प्रशासनले शुल्क समायोजन सम्बन्धमा जारी गरेको ६ बुंदे सुचना झुठो भएको निष्कर्ष निकाल्दै मन्दविष रुपी षड्यन्त्र शुल्क समायोजनको सूचनाको नाममा आएको र त्यस सूचनाप्रति विद्यार्थी र चिकित्सा शिक्षा संघर्ष समितिको गम्भीर ध्यानकर्षण भएको भन्दै सशक्त संघर्षमार्फत यो षड्यन्त्रको भण्डाफोर गर्ने र माफियालाई अझ नङ्ग्याउने चेतावनी दिएको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले आइतबार प्रेसविज्ञप्ति जारी गरी यस्ता षड्यन्त्रलाई चिर्ने र माफियालाई नङ्ग्याउने संघर्षलाई हिजोको भन्दा अझ बढी हौसला र जोस जाँगर सहित सहयोग गरिदिनहुन विद्यार्थी, बुद्धिजिवि, नागरिक समाज, राजनितिज्ञ, कलाकार, राष्ट्रसेवक कर्मचारी, देशभक्त र आम नेपाली जनतालाई हार्दिक अपिलसमेत गरेका छन् ।

चन्द र भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सिा शिक्षामा भएको खुलेआम ठगि आर्थिक अपराध मेडिकल भ्रष्टचार, गुण्डागर्दी र स्वास्थ्यकर्मीको श्रम शोषणका विरुद्ध चिकित्सा शिक्षा संघर्ष समिति बनाएरै विद्यार्थी, नागरीक अगुवा, सामाजिक अभियन्ता, विभिन्न दलका राजनीतिज्ञले आन्दोलन गरेको ४ महिना हुँदै गर्दा सरकारले केही पहलकदमी गरेको भए पनि सरकारको यो कदमले मेडिकल माफियाहरु कानुन अनुसार ठगी र भ्रष्टाचारीको रुपमा कारवाहीको भागेदारी हुनेभन्दा पनि विद्यार्थी र अभिभावकलाई ठग्ने नयाँ नयाँ षड्यन्त्रहरु लिएर आएका छन् । यता सरकार अझ बढी माफियाको मतियार बन्दै गएको छ । मेडिकल माफियाहरु कहिले विद्यार्थीलाई कुटपिट गर्छन त कहिले बन्धक बनाउछन्, कहिले ज्यान मार्ने धम्कि दिन्छन् त कहिले बन्दुकको षड्यन्त्र गर्छन् तर जहिले पनि जे गरे पनि जसरी पनि माफियाहरु नै उदांगो भएका छन् भने हामीलाई विद्यार्थी, बुद्धिजिवि, पत्रकार, नागरीक अगुवाहरु, सामाजिक अभियन्ता र विभिन्न दलका राजनीतिज्ञहरुको अझ बढी माया विश्वास र प्रतिवद्धता मिलेको छ ।’

संयोजक र प्रवक्ताको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘संघर्ष चर्किदै जाँदा अझ अप्ठ्यारा परिस्थिति र डरलाग्दा षड्यन्त्रहरु बढेका छन्, केही षड्यन्त्र सिधा भौतिक रुपमा आएका छन् भने केहि षड्यन्त्र वार्ता, सम्झौता, सहमतिका नाममा विस्तारै विद्यार्थीलाई मन्दविषको रुपमा आएका छन् । सिध्याउने, थकाउने र दबाउने गरी चितवन मेडिकल कलेजमा आज फेरी पनि यस्तै मन्दविष रुपी षड्यन्त्र शुल्क समायोजनको सूचनाको नाममा आएको र त्यस सूचनाप्रति हामी विद्यार्थी र चिकित्सा शिक्षा संघर्ष समितिको गम्भीर ध्यानकर्षण भएको छ सँगै फेरी पनि अझ सशक्त संघर्षमार्फत यो षड्यन्त्रको भण्डाफोर गर्ने र माफियालाई अझ नङ्ग्याउने चेतावनी दिन चाहन्छौं ।’

विज्ञप्तिमा अगाडि बुंदागत रुपमा भनिएको छ, ‘(१) शैक्षिक वर्ष २०७५/०७६ (प्रथम वर्ष) र २०७४/०७५ (दोस्रो वर्ष)को एम.वि.वि.एस र बि.डी.एस अध्ययनका लागि नेपाल सरकारले उपत्यका बाहिर क्रमशः ४२ लाख ४५ हजार र १९ लाख ३२ हजार ६ सय १२ शिक्षण शुल्क कायम गरेकोमा सो रकमको आधा हुन जाने पहिलो किस्ताको शुल्क २१ लाख २२ हजार ५ सय र ९ लाख ६६ हजार ३ सय ६ र अतिरिक्त शुल्क (रु. ६ लाख र र रु. १ लाख २५ हजार) समेत तिरिसकेकाहरुको हकमा पहिलो किस्ताको शुल्कमा, त्रि.वि. रजिष्ट्रेसन शुल्क रु ५००, काउन्सिल रजिष्ट्रेसन शुल्क रु ३,०००, परिक्षा शुल्क २ हजार ५ सय भएको हुँदा फेरी सम्बन्धित निकायले तोके बमोजिमको रकम भन्नाले पैसा असुल गर्ने कलेजको अर्को षड्यन्त्र हो अतिरिक्त शुल्कमा माथि उल्लेखित शुल्क मात्र जोडी (रु ६,०००) बाँकी (रु ५९४,००० र रु. १,१९,०००) हुन आउने रकम आगामी किस्तामा समायोजन गरिनुपर्छ ।
(२) यस कलेजमा संचालित स्नातक तहका पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षका अन्य कार्यक्रमहरु (वि.एन.एस्. र वि.एस.सी. नर्सिङ, पब्लिक हेल्थ, वि. फार्मेसी, बि.एम.एल.टी., बि.एम.आई टी) का हकमा त्रि.वि. वा आइ. ओ. एम.ले आंगिक कलेजहरुका लागि तोकेको शुल्क नै सम्बन्धन प्राप्त मेडिकल कलेजहरुका लागि लागु गर्नुपर्छ र सो भन्दा बढी अशुल गरिएको शुल्क एम.वि.वि.एस. र वि.डि.एस. जस्तै गरी शुल्क समायोजन वा फिर्ताको प्रक्रियामा लैजानुपर्छ यो अहिलेसम्म गरिएको छैन ।
(३) शैक्षिक वर्ष २०७२/०७३ र २०७३/०७४ को हकमा विश्वविद्यालय तथा सम्बन्धित निकायले तोकेको भन्दा बढी अतिरिक्त शुल्क ५ लाखदेखि २२ लाखसम्मको बिल रसिद विद्याथीसँग सुरक्षित रहेको हुँदा उक्त अतिरिक्त शुल्क तुरुन्त फिर्ता हुनुपर्छ । यसमा थप अध्ययन, छलफल र छानविनको नाममा विद्यार्थीलाई थकाउने, गलाउने, फुटाउने अर्को षड्यन्त्र गरिएको प्रष्ट छ ।
(४) नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रावृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीको अतिरिक्त शुल्क (१ लाखदेखि ३ लाखसम्म) सम्बन्धित निकाय (आइ.ओ.एम., त्रि.वि., शिक्षा मन्त्रालय) ले तोके भन्दा बढी भएको हुँदा तुरुन्त फिर्ता हुनुपर्छ ।
(५) परिक्षा शुल्कमा त्रि.वि.ले तोकेको २ हजार ५ सय भन्दा बढी २ हजार ५ सय असुलिएको बिल रसिद विद्यार्थीसँग भएको हुँदा सो ठगि गरिएको अतिरिक्त २ हजार ५ सय तुरुन्त फिर्ता गरिनुपर्छ वा अर्को परिक्षामा समायोजन गरिनुपर्छ र अव उप्रान्त त्रि.वि.ले तोकेको २ हजार ५ सय भन्दा अन्य कुनै पनि किसिमको अतिरिक्त शुल्क लिन पाइनेछैन किन कि अन्य अतिरिक्त शुल्कको नाममा फेरी पनि बढी परिक्षा शुल्क असुल्ने षड्यन्त्र भएको प्रष्ट देखिन्छ ।
(६) पेस्तोल जस्तो संवेदनशील हतियार सि.एम.सि. होस्टेलभित्र लिएर जाने र विद्यार्थीका विरुद्ध प्रयोग गर्ने षड्यन्त्रमा संलग्न सि.एम.सि.का गार्ड नभएर त्यहाँका प्रशासनिक कर्मचारी भएको कुरा विद्यार्थीले देखेको हुँदा त्यस्ता कर्मचारीलाई तुरुन्त छानविन गरी कानुन अुनसार कडाभन्दा कडा कारवाही गरियोस नत्र त्यस्ता हिंस्रक षड्यन्त्रकारी गुण्डा कर्मचारी विद्यार्थी र आम जनताको कारवाहीमा पर्ने कडा चेतावनी दिन चाहन्छौं ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अन्त्यमा यी सबै षड्यन्त्रलाई चिर्नका लागि विद्यार्थी अझै पनि भिषण संघर्षमार्फत नै प्राप्त गर्ने अठोट लिएको हुँदा सम्बन्धित विश्वविद्यालय, मन्त्रालय र सरकारले विद्यार्थी, अभिभावक र आम जनताको विरुद्धमा षड्यन्त्र गर्नुको साटो मेडिकल माफियालाई कारवाही गर्नमा प्रतिवद्ध रहोस भन्न चाहन्छौं साथै आगामी दिनका अझ डरलाग्दा षड्यन्त्रलाई चिर्ने र माफियालाई नङ्ग्याउने संघर्षलाई हिजोको भन्दा अझ बढी हौसला र जोस जाँगर सहित सहयोग गरिदिनहुन विद्यार्थी, बुद्धिजिवि, नागरिक समाज, राजनितिज्ञ, कलाकार, राष्ट्रसेवक कर्मचारी, देशभक्त र आम नेपाली जनतालाई हार्दिक अपिल गर्दछौं ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :