ब्युरो सदस्य विमललाई पत्नीशोक, नेकपाद्वारा समवेदना व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरो र चितवन जिल्ला समितिले बेग्लाबेग्लै शोक तथा समवेदना विज्ञप्ति प्रकाशित गरी दुर्घटनामा परी पार्टीका ब्युरो सदस्य विमलकी जीवनसँगिनी मीना घिमिरे (खड्का) सहित ५ जनाको मृत्यु भएकोप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । ब्युरोका तर्फबाट ब्युरो इन्चार्ज शितल तथा चितवन जिल्ला इन्चार्ज शार्दूल र सेक्रेटरी विजय शर्माले बेग्लाबेग्लै जारी गरेको श्रद्धाञ्जली तथा समवेदना वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

ब्युरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही २०७६ साल मङ्सिर २१ गते बेलुकापख चितवन जिल्लाको राप्ती नगरपालिकाको वडा नं. ११ भण्डारामा घर फर्किंदै गर्दा अटो दुर्घटनामा परी हाम्रो पार्टीका ब्युरो सदस्य कमरेड विमलकी जीवनसँगिनी मीना घिमिरे (खड्का) सहित ५ जनाको मृत्यु भएको खबरले हाम्रो पार्टी मर्माहत भएको छ । उक्त दुर्घटनामा परी मृत्यु हुने मीना घिमिरे (खड्का) लगायत सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हाम्रो पार्टी हार्दिक समवेदना व्यक्त गर्दछ ।’

त्यस्तै जिल्ला समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राप्ती नगरपालिका वडा नं. ९ निवासी हाम्रो पार्टीका ब्युरो सदस्य कमरेड विमलकी जीवनसँगिनी मीना घिमिरे (खड्का) लगायत ५ जनाको यही २०७६ साल मङ्सिर २१ गते राप्तीकै चौकीडाँडाबाट घर फर्किंदै गर्दा अटो दुर्घटनाबाट मृत्यु भएको खबरले हाम्रो जिल्ला पार्टी दुःखी भएको छ । उक्त दुर्घटनामा मृत्यु हुनुहुने मीना घिमिरे (खड्का) लगायत सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हाम्रो पार्टी समवेदना व्यक्त गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :