धनकुटाको विभिन्न स्थानमा शक्तिशाली सिलिण्डर बम विष्फोट

bomb-blastकाठमाडौं/असार १३ः धनकुटाको साँघुरीगढी गाउँपालिका–६ स्थित कोलबोटेमा सोमबार राती ८ बजे सिलिण्डर बम विष्फोट भएको र धनकुटा नगरपालिका–६ मा पनि आइतबार राती अज्ञात समुहले बम बिस्फोट गराएको छ । त्यसैगरी सल्लेरीको आँखा अस्पतालमा रहेको निर्वाचन केन्द्र नजिक आइतबार राती करिव १० बजे बम बिस्फोट भएको छ । निर्वाचन केन्द्रबाट करिव २ सय मिटर उत्तर–पश्चिममा बिस्फोट भएको थियो । घटनास्थलमा सिलिण्डरको खवटाहरु भेटिएकाले सिलिण्डर बम बिस्फोट भएको श्रीमेहर गणका गणपती बासुदेव धिमालले जानकारी दिएका छन् । दुवै स्थानमा भएका बम विष्फोटबाट मानविय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :