नेकपाका सर्लाही इन्चार्ज तामाङ गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज लालबहादुर तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ । जनकपुर ब्युरो इन्चार्ज अरुणले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी सङ्गठनको कामको सिलसिलामा जनभेटघाटमा रहेको बेला आफ्नो पार्टीका ब्युरो सदस्य तथा सर्लाही जिल्ला इञ्चार्ज लालबहादुर तामाङलाई प्रहरीले अमानवीय र गैरकानुनी ढङ्गले सर्लाहीबाट गिरफ्तार गरेको उल्लेख गरेका छन् । विज्ञप्तिमा ब्युरो इन्चार्ज अरुणले गिरफ्तार गरिएका सर्लाही इन्चार्ज तामाङलाई तत्कालै विनासर्त ससम्मान रिहा गर्न माग गरेका छन् । विज्ञप्तिमा अन्यथा सरकारी दमनका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैं हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।

विज्ञप्ति सहित: 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :