जनकपुर ब्युरोमा पार्टी पुनर्गठन दिवसमा भव्य जनसभा

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको छैटौँ पुनर्गठन दिवसका अवसरमा जनकपुर ब्युरोमा भव्य जनसभा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य सन्देश पौडेलले प्रचण्ड र बाबुरामहरूको धोका र गद्दारीले दिएको चुनौतीलाई छिचोल्दै नेपाली जनता र विश्व सर्वहारा वर्गले अनुभूत गर्ने गरी पार्टी जनतासामु आएको बताए । उनले क्रान्तिकारी आन्दोलनलाई उचाइ प्रदान गर्नु तथा प्रतिक्रान्तिको शिक्षाबाट सिक्दै एक्काईसौँ शताब्दीको क्रान्तिकारी आन्दोलनलाई विजयसम्म पुर्याउनु पार्टीको पहिलो सर्त भएको बताए ।

केन्द्रीय सदस्य सन्देश पौडेलको अध्यक्षतामा सम्पन्न उक्त जनसभामा पार्टीका केन्द्रीय सदस्य सरल, ब्युरो सदस्यहरू शिखर, दीपक, हिमाल, अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रकाशले गरेका थिए । सभामा जनकपुर ब्युरोअन्तर्गत ७ वटै जिल्लाको उपस्थिति रहेको थियो ।

२०७६ मंसिर ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :