प्रहरीले मेटायो नेकपाको पोस्टर र भित्तेलेखन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा गरेको पोस्टरिङ, सीमामाथिको हस्तक्षेप, राष्ट्रघात तथा भ्रष्टाचारविरुद्ध गरेको भित्तेलेखनलाई प्रहरीले मेटाएको छ ।

नेकपाले ललितपुर महानगरपालिका २० स्थित विभिन्न क्षेत्र र सडक पर्खालमा गरेको पोस्टरिङ र भित्तामा लेखेको नारा प्रहरीले मेटेको हो । सडकका भित्ता र सार्वजनिक स्थानमा लेखिएका नारा र टाँसिएका पोस्टर प्रहरी दिनहुँ नष्ट गरिरहेको स्थानीयले बताएका छन् । पार्टीको झन्डासमेत टाँगिएको ठाउँबाट झिकेर फ्याँक्ने काम गरिएको छ ।

पोसाक लगाएर आएका प्रहरीले नारा र पार्टीको नाम पोतेर मेटेका हुन् । ‘भ्रष्टाचारीलाई कारबाही गर, राष्ट्रघातीलाई कारबाही गर’ लगायत नारा भित्तामा लेखिएकोमा त्यसलाई कालो पोतेर धमाधम मेटिएको छ ।

राष्ट्रघात र भ्रष्टाचारविरुद्ध लेखिएको नारा मेट्न प्रहरी परिचालन गरिनुले सरकार राष्ट्रघात र भ्रष्टाचारमा लिप्त रहेको स्पष्ट भएको जनाउँदै नेपाल कम्युनिस्ट पार्टी ललितपुरले आपत्ति जनाएको छ ।

२०७६ मंसिर ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :