मनाङ र पोखरामा अमेरिकी सेनाको तालिम

काठमाडौँ : चीनका राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणभन्दा दुइसाता अघिमात्र अमेरिकी सेनाले पोखरा र मनाङ जिल्लाको विभिन्न स्थानमा ‘प्रतिआतंकवाद’, प्रतिजनविद्रोह र भूकम्प उद्धार तीनवटा विषयमा तालिम सञ्चालन गरेको छ । अमेरिकाले नेपालमा आन्तरिक र बाह्य आतंकवादको खतरा रहेको प्रतिवेदन सार्वजनिक गर्नु अगाडि नै सोही प्रयोजनकोलागि सैन्य तालिमसमेत गरिसकेको छ । गृहमन्त्रालयले मातहतमा प्रेषित पत्रमा लेखेको छ — अमेरिकी सेनाले मिति २०७६ साउन २९ गतेदेखि मिति २०७६ असोज ९ गते (तदनुसार १४ सेप्टेम्बर २०१९)सम्म मनाङ र पोखराको विभिन्न स्थानहरुमा ३० जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई काउण्टर टेरिरिजम, प्रतिविद्रोह र भूकम्प उद्धार सम्बन्धी Balance Nail 19-4 तामिल सञ्चालन गर्ने कार्यक्रम रहेको र उक्त तालिमको सिलसिलामा अमेरिकी सेनाले यसैसाथ परिपत्र अनुसारका प्रशिक्षक, नियन्त्रित हातहतियार, गोलीगठ्ठा तथा तालिमको लागि आवश्यक पर्ने सामग्रीहरु पाना ९ (नौ)मा उल्लेखित सुची अनुसारको नियन्त्रित हातहतियार, गोलीगठ्ठा तथा तालिमकोलागि आवश्यक पर्ने अन्य सामग्रीहरु ल्याउन लागेको हुँदा ती सामग्रीहरुको लगत राखी प्रवेश गर्न दिएपछि लगतकट्टा गरी फिर्ता लैजाने शर्तमा देहायको व्यवस्थासहित आवश्यक समन्वय र सहजिकरण गर्न नेपाल सरकार (सचिवस्तर) मिति २०७६ साउन ५ को निर्णयानुसार अनुरोध छ ।

देहाय :

(क) अमेरिकी सेनाको टिमले लगाउने नियन्त्रित हातहतियार गोली–गठ्ठा तथा तालिमको लागि आवश्यक अन्य सामग्रीहरु हातहतियार तथा सञ्चार उपकरण लगायतका सामग्रीहरुको लगतको प्रतिलिपि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा तथा प्रहरीमा राखी उल्लेखित तालिमको लागि प्रवेश गर्न दिने ।

(ख) तालिम पश्चात् फिर्ता हुँदा उल्लेखित हातहतियार तथा सञ्चार उपकरण लगायतका सामग्री लगत राखी लैजान दिने ।
नेपाल सरकारको सचिव स्तरिय वैठकबाट त्यसप्रकारको निर्णय भएको देखिन्छ । सरकारले आतंकवाद र जनविद्रोहको खतरा देखेकोले ओली सरकारकै सिफारिस र अनुरोधमा अमेरिकी सेना हतियारसहित झण्डै २ महिनासम्म नेपालमा रहेका हुन र तालिम सम्पन्न भएपछि नेपालमा बारम्बार आउने, स्थायी शिविर बनाउने रणनीतिसहित अमेरिकी प्रतिवेदन सार्वजनिक भएको र ती सबै कार्यहरु ओली सरकारकै सिफारिसमा भएको देखिन्छ ।

२०७६ मंसिर ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :