भारतीय हस्तक्षेपका विरुद्ध जर्मनीमा प्रदर्शन

काठमाडौँ : नेपाली भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नक्सामा समावेश गरेपछि त्यसको विरोधमा जर्मनीमा प्रदर्शन भएको छ । त्यँहा रहेका नेपालीहरुले भारतीय हस्तक्षेपका विरुद्ध त्यहाँस्थित भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गरेका छन् ।
जर्मनीका विभिन्न शहरमा बस्ने नेपालीहरु भेला भई जर्मनीको फ्रयाङकफर्टमा रहेको भारतीय कन्सुलेट अगाडि प्रदर्शन गरी कन्सुलेटमा विरोध पत्र समेत बुझाएका थिए । प्रदर्शनमा नेपाली जनप्रगतिशिल मोर्चा जर्मनीका अध्यक्ष शेरबहादुर तम्बापो, प्रवासी नेपाली एकता मन्च, जर्मनीका श्री चन्द्रकान्त आर्चाय, एनआरएन जर्मनीका अध्यक्ष हरी न्यौपाने, एनआरएनएआईसिसी अध्यक्ष कुमार पन्त, जनप्रगतिशील मोर्चा युरोपका महासचिव डा. सुवर्णबाबु सापकोटा, गोर्खा समाजका अध्यक्ष श्री बासु अर्याल, इनास ग्लोवलका अध्यक्ष कमला दाहाल, चौतारी समाजका अध्यक्ष कुष्णप्रसाद गौतम लगायतको उपस्थिति थियो । प्रदर्शनमा नेपाली एकता जिन्दावाद, गो ब्याक इन्डीया, भारतीय हस्तक्षेप बन्द गर, कालापानी लिपुखेल हाम्रो हो नारा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :