नेपालमा भएको भारतिय हस्तक्षेपको अमेरिकामा विरोध

काठमाडौँ : भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भु–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेपछि अमेरिकामा बस्ने नेपालीहरुले विरोध गरेका छन् । पन्चशीलको सिद्धान्तको अपहरण गरी भारतले नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप उनीहरुको ठहर छ । अमेरीकामा रहेको नेपालीहरुको संगठन नेपाल जनप्रतिशील मोर्चा अमेरिकाका अध्यक्ष विश्व बहादुर शाहद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा १८१६ को सुुगौली सन्धी अनुसार निर्विवाद रहेको नेपाली भुमि भारतले अतिक्रमण गरेको भन्दै त्यसको विरोधमा संसारभरी छरिएर रहेका नेपालीहरु एक जुट हुनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :