नेकपा जाजरकोट इञ्चार्ज ओली पक्राउ


काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका इन्चार्ज प्रेम प्रकास ओली ‘धमिल’ पक्राउ परेका छन् । बाँकेको कोहलपुरबाट प्रहरीले बिहीबार राती प्रेम प्रकाश ओलीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर २ बाट उनलाई नियन्त्रणमा लिएको थियो । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि प्रहरीले उक्त पार्टीका नेता कार्यकर्तालाई नियन्त्रणमा लिने गरेको छ । कोहलपुर प्रहरी स्रोतका अनुसार जिल्ला इन्चार्ज ओलीलाई अहिले इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

२०७६ मंसिर ४ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :