उपचारमा शक्तिकेन्द्रको तानातान


काठमाडौं : प्रम केपी वलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नुपर्ने वा नियमित डायलासिस गर्नुपर्ने चिकित्सकको सुझाव छ । यसपटक उपचार–कूटनीति प्रयोग गर्दै चिनियाँहरूले ‘हामी तपाईंको निःशुल्क उपचार गरिदिन्छौँ’ भनेका थिए । वलीले चिनियाँहरूको त्यो आग्रहलाई ठाडै अस्वीकार गरिदिँदै ‘थ्याङ्क्यु योर एक्सलेन्सी हेल्प’ भनेको बालुवाटार निकट स्रोतले बताएको छ । त्यसैगरी भारतीय पक्षले ‘तपाईंको मिर्गौला उपचार भारतमै भएको हो । फलोअप गर्न पनि सजिलो हुन्छ । सबै उपचार निःशुल्क हुन्छ, अन्यत्र नजानुस्’ दबाबकै शैलीमा भन्ने गरेको छ । २०६४ सालमा दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रमको मिर्गौलामा क्रियटिनिनको मात्रा ६.३ भएकाले मिर्गौलाले १० प्रतिशत पनि काम गरेको छैन । त्यसैले प्रम वलीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । चीन र भारतको अनुरोधलाई पन्छाउँदै प्रम वली भने उपचारका लागि अमेरिका जाने भएका छन् र त्यसको तयारीका लागि निकटस्थहरू अनेक बहानामा अमेरिका आउ–जाउ गरिरहेका छन् । सबै तारतम्य मिलेपछि उपचारका लागि प्रस्थान मिति र स्थान औपचारिक रूपले सार्वजनिक गर्ने तयारी छ ।

२०७६ मंसिर ४ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :