नेकपा नेता महतोप्रति मोर्चाद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : मधेसी राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक देवनारायणले नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य, पार्टीका केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद रामलखन महतो (सङ्ग्राम) को निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । केन्द्रीय कार्यालयका तर्फबाट शोकवक्तव्य जारी गर्दै देवनारायणले महतोप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

देवनारायणको विज्ञप्तिमा भनिएको छ, ‘मिथिला नगरपालिका वडा नं २ नक्टाझिजको विश्वकर्माचोकमा २०७६ साल कात्तिक १५ गते शुक्रबार बसको ठक्करले रामलखन महतो (सङ्ग्राम) को निधन भएको छ । उहाँको निधनले कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति भएको छ । कम्युनिस्ट आन्दोलन, वैज्ञानिक समाजवाद स्थापनाका निम्ति उहाँको महत्वपूर्ण भूमिका थियो । उहाँप्रति श्रद्धाञ्जलीका साथै समस्त परिवारप्रति समवेदना व्यक्त गर्दछौँ ।’

मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७६ साल कात्तिक १५ गते शुक्रबारका दिन लगभग ३ः०० बजे मिथिला नगरपालिका वडा नं २ नक्टाझिजको विश्वकर्माचोकमा बसले ठक्कर दिई निधन हुनुभएका महान् जननेता तथा कम्युनिस्ट धरोहर, वैज्ञानिक समाजवादप्रति अटल रहने नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार कमरेड रामलखन महतो (सङ्ग्राम) को पार्थिव शरीरलाई २०७६ साल कात्तिक १६ गते शनिबारका दिन क्षिरेश्वर नगरपालिकामा नेकपामाथि लगाइएको प्रतिबन्धलाई चिर्दै लगभग ५०० जनाको बीचमा अन्त्येष्टि गरियो ।’

विज्ञप्तिमा महतोप्रति नेकपाका नेता–कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गर्दै समस्त परिवारप्रति शोकलाई शक्तिमा परिवर्तन गर्ने अठोटका साथ समवेदना प्रकट गरेका थिए ।
अन्त्येष्टि कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य दिनेशले महतोको शवमा पार्टीको झन्डा ओढाएका थिए ।

२०७६ कात्तिक २९ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :