भारतमा बस्ने नेपालीले गरे सिमा अतिक्रमणको विरोध

 

काठमाडौँ : भारतले हालै प्रकाशित गरी सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसमेतलाई आफ्नो भूभागभित्र समावेश गरेपछि भारतमा रहेका नेपालीहरुले त्यहाँस्थित नेपाली दुतावासमा विरोध पत्र बुझाएका छन् ।

भारतमा बस्ने नेपालीहरुको संगठन प्रवासी नेपाली जनसमाज भारतले नेपालमा साम्राज्यवादी हस्तक्षेप बन्द हुनुपर्ने भन्दै त्यहाँको नेपाली दुतावासमा विरोधपत्र बुझाएको हो ।

जनसमाजको दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक आजादसेन थापाद्धारा हस्ताक्षरित विरोधपत्र दुतावासमा बुझाउन प्रवासी नेपाली जनसमाज भारतका केन्द्रीय सदस्य विष्णु मल्लको नेतृत्वमा केन्द्रीय सदस्यहरु दुतावास गएका थिए ।

भारत सरकारले हालै प्रकाशित गरेको आफ्नो देशको नयाँ नक्सामा ५७ वर्षअघि अतिक्रमित नेपाली भूमि कालापानी र त्यसपछि अतिक्रमण गर्दै आएको लिम्पियाधुरादेखि लिपुलेकसम्मका सबै नेपाली भूभागलाई गाँभिएको भन्दै भारतले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता माथि नाङ्गो हस्तक्षेप गरेको समाजको ठहर छ । विज्ञप्तिकाे पूर्रणपाठ…

२०७६ कार्तिक २७ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :