सुन्तली थोकर तामाङलाई तत्काल विनासर्त स–सम्मान रिहा गर– लामा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले संगठनका केन्द्रीय सचिव सुन्तली थोकर तामाङलाई घरमा सुतिरहेको अवस्थामा २०७६ कार्तिक ५ गते राती १२ बजे फासिष्ट सरकारको प्रहरीद्वारा नेपालको कथित संविधानको बर्खिलाफ गर्दै सम्पूर्ण तामाङ जाति, समुदायको भावना, मर्मलाई ठेस पुर्याउने गरी दलाल सरकारले अमानवीय, अभद्र, निकृष्ट व्यवहार पद्रर्शन गर्दै विनाकारण गिरफ्तार गरी हिरासतमा राख्ने काम गरेकोप्रति घोर भत्र्सना गरेको छ । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका कार्यबाहक अध्यक्ष पेङ दोर्जे लामाले आइतबार प्रेस विज्ञप्ति निकाली तामाङ समुदायको वर्गीय मुक्तिसँगै जातीय मुक्ति, ताम्सालिङ स्वायत्त प्रदेश र आत्मनिर्णयको अधिकारसहितको स्वायत्तताको निम्ति निरन्तर क्रियाशिल महिला नेतृ सुन्तली थोकर तामाङलाई तुरुन्त रिहाई नगरे आम तामाङ समुदाय प्रतिरोध संघर्षमा उत्रन बाध्य हुनेछ र यसबाट उत्पन्न कुनैपनि जटिल परिणामको जिम्मेवार स्वंम सरकार हुने चेतावनीसमेत दिएका छन् ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका कार्यबाहक अध्यक्ष पेङ दोर्जे लामाले विज्ञप्तिमा भनेका छन्, ‘सामाजिक दलाल फासिवादी केपी वलि नेतृत्वको असफल÷भ्रष्ट सरकारको निर्देशनमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएका प्रहरीद्वारा हाम्रो महान तथा गौरवशाली संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय सचिव सुन्तली थोकर तामाङलाई विनाकारण घरमा सुतिरहेको अवस्थामा मिति २०७६ कार्तिक ५ गते राती १२ बजे मानवअधिकार तथा लोकतन्त्रको न्युनतम् मुल्य मान्यताको उपहाँस गर्दै महिला अधिकारको दुहाई दिने फासिष्ट सरकारको प्रहरीद्वारा अमानवीय, अभद्र, निकृष्ट व्यवहार पद्रर्शन गर्दै हिरासतमा राख्ने काम गरेको छ । आम तामाङ समुदायको वर्गीय मुक्तिसँगै जातीय मुक्ति, ताम्सालिङ स्वायत्त प्रदेश र आत्मनिर्णयको अधिकारसहितको स्वायत्तताको निम्ति निरन्तर क्रियाशिल महिला नेतृलाई नेपालको कथित संविधानको बर्खिलाफ गर्दै सम्पूर्ण तामाङ जाति, समुदायको भावना, मर्मलाई ठेस पुर्याउने गरी यो दलाल सरकारले गरेको गिरफ्तारीको घोर भत्र्सना गर्दछौ । साथै गिरफ्तार नेतृ सुन्तली थोकर तामाङलाई तुरुन्त रिहाई गर्न अपिल गर्दछौं । अन्यथा, आम तामाङ समुदाय प्रतिरोध संघर्षमा उत्रन बाध्य हुनेछ र यसबाट उत्पन्न कुनैपनि जटिल परिणामको जिम्मेवार स्वंम सरकार हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ कार्तिक १० गते आइतबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :