नेकपाका नेता खतिवडा रिहा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता केदार खतिवडा रिहा भएका छन् । खतिवडा मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा ५ हजार धरौटीमा रिहा भएका हुन् । प्रहरीले खतिवडालाई काठमाडौंस्थित डेराबाटै १३ दिन पहिले गिरफ्तार गरेको थियो । उनलाई प्रहरीले अभद्र व्यवहार अन्तरगत मुद्दामा म्याद थप गरि हिरासतमा राखेको थियो ।

प्रहरीले लगाएको आरोप पुष्टी नभएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि खतिवडा ६ महिना हिरासत बसेर आदालतको आदेशमा रिहा भएका थिए । प्रहरीले उनलाई त्यसको केही समयभित्रै पुनः गिरफ्तार गरेको थियो ।

२०७६ असोज १५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :