जुम्लाको पानीधारा लम्केनीमा जिप दुर्घटना हुँदा १४ जना घाइते

जुम्ला : जुम्लाको बजारदेखि पातारासी गाउँपालिका लासीबजारतर्फ जाँदै गरेको रा१ज ६२४ नम्बरको जिप शनिबार पातारासी–५ को पानीधारा लम्केनीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको डिल्लीचौर प्रहरी चौकीले जानकारी दिए ।

जिपमा २५ जना सवार रहेका थिए । घाइतेलाई उपचारकालागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । जिप चालक भने फरार रहेको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिए् ।

२०७६ असोज ११ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :