पुर्वमा राज्यलाई चुनौती दिंदै युवाहरुको भेला सम्पन्न

काठमाडौं : राष्ट्रियता, जनतन्त्र र जनजिविकाका पक्षमा आम युवाहरु एक हौं ! वैज्ञानिक सामाजवादकालागि संगठन सुदृढ तथा बिस्तार अभियानमा अघि बढौं !! भन्ने मुल नारासहित सुरु भएको ३ महिने संगठन सुदृढ तथा बिस्तार अभियान अन्तरगत उदयपुर जिल्लामा युवा संगठन नेपालको प्रथम जिल्ला भेला भब्यताका साथ सम्पन्न भएको छ । सयौं युवाहरुको उपस्थितिमा सम्पन भएको भेलालाई संगठनका केन्द्रीय कोषाध्यक्ष रोज र नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरो संयोजक शैलेशले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै रोजले जनयुद्धको नेतृत्व गरेका नेताहरु बिस्तारवाद र साम्राज्यवाद सामु घुँडा टेकेका कारण अहिले पनि नेपाली युवाहरु बिदेशीको गुलाम हुनुपरेको बताउनु भयो । यदि हामी अझै पनि सचेतताका साथ क्रान्तिको बाटोमा नलाग्ने हो भने २१औं शताब्दीको युवा हुनुको अर्थ नहुने बताउनु भयो । यसर्थ नौजवान युवाहरु नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनमा एकाकार भएर बैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा लागे मात्र युवाहरुको भविस्य सुनिश्चित हुने बताउनु भयो । संगठनको केन्द्रीय योजना अनुसार आम युवाहरुलाई संगठित र गोलबन्द गर्न युवाहरूलाई अपिल गर्नु भयो ।

यसै गरी कार्यक्रममा अर्का वक्ता शैलेशले युवाहरु देशको सम्बाहक शक्ति हो तर नेपाली युवा भने बिदेशमा सस्तो मुल्यमा श्रम बेच्न बाध्य छन् जसको कारण अहिलेको दलाल संसदीय पुँजीवादी ब्यबस्था भएको बताउनु भयो । पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्रै अहिलेको अबस्थामा बैज्ञानिक समाजवाद आउने र समग्र रास्ट्र जनता र युवाहरुले गुलाम बन्नु पर्ने अबस्थाबाट मुक्ति पाउने बताउनु भयो । यसै गरी कार्यक्रममा नेकपा उदयपुर जिल्ला इन्चार्ज श्याम र जिल्ला सेक्रेटरी प्रसान्त पनि अथितिका रुपमा उपस्थित हुनु हुन्थ्यो । भेलाले चन्द्र कटुवालको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी निर्बिरोध निर्बाचित भएको छ । कार्यक्रमको अध्यक्ष चन्द्र कटुवालले गर्नु भएको थियो भने सहजिकरण किरण बिष्टले गर्नु भएको थियो ।

२०७६ असोज ६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :