कपास फ्याक्ट्रीमा आगलागी, क्षतिबारे विस्तृत विवरण आउन बाँकी

भक्तपुर : भक्तपुरको गट्ठाघर नजिक एक कपास फ्याक्ट्रीमा आज बिहान आगलागी भएको छ । भक्तपुर प्रहरीका अनुसार आगो नियन्त्रणको प्रयास जारी रहेको छ । भक्तपुर, ललितपुर र काठमाडौंका दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी राखिएको छ ।

बाहिरको आगो केहि नियन्त्रणमा आएपनि भित्र कपासमा लागेको आगो नियन्त्रणमा आउन बाँकी रहेको प्रहरी वृत्त थिमीले जनाएको छ । आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

२०७६ असोज ५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :