पहिरो झर्दा २ गाडी पुरियो : एक जनाको मृत्यु, ४ घाइते


बुटवल : सिद्धार्थ राजामार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको दोभानमा विहान पहिरो झर्दा दुई सवारी साधन पुरिएका छन् । पहिरोमा लु १ ज २६१७ को एक जीप र लु २ च ५९३८ नम्बरको स्कर्पियो पुरिएको हो । सवारी साधनमाथि पहिरो जाँदा जीप चालक रुपन्देही मक्रहर २ बस्ने २६ बर्षिय कमल परियारको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएको दोभान प्रहरीले जनाएको छ । घाईतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ, घाईतेमध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । जोखिमपुर्ण सडक मानिने सिद्धबाबा क्षेत्रमा पहिरोको कारण धेरैले ज्यान गुमाउनु परेको छ ।

२०७६ भदौ २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :