रौतहटमा युवा संगठन नेपालको भेला सम्पन्न

काठमाडौं : नेकपा निकट युवा संगठनको हालै बसेको केन्द्रिय समितीको बैठकले तय गरेको तिन महिने संगठन सुदृढ तथा बिस्तार अभियान अन्र्तगत रौतहट जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ ।

उक्त भेलालाई संगठनका केन्द्रिय सचिब संजिब र बिशेष अतिथि नेकपा रौतहट इन्चार्ज संकेतले सम्बोधन गरेका थिए । भेलालाई सम्बोधन गर्दै संजिबले आजको बिश्व राजनीति र देशको राजनीति हेर्दा दलाल पुँजीवादी ब्यवस्थाले आम शोषित उत्पिडित जनसमुदाय र युवाहरुलाई कुनै पनि अधिकार नदिने तसर्थ अधिकार प्राप्तिको लागी अन्तिम पटक लड्न जरुरी भएको बताए ।

यस्तै भेलाका बिशेष अतिथि रौतहत इन्चार्ज संकेतले युवा संगठन आफ्नो पार्टीको अभिन्न अंग भएको हुनाले त्यही प्रकारको भुमिका निर्बाह गर्न सुझाए । रौतहटका सबै कुनाकन्दरा सम्म युवा संगठन बिस्तार गर्नुपर्ने भन्दै भेला सफलताको शुभकामना दिए । उक्त जिल्ला भेलामा अन्य अतिथिहरु रौतहट जिल्ला सेक्रेटरी श्रृजना, संगठनका नारायनी ब्युरो इन्चार्ज सुरेस, अनेम संघ (क्रान्तिकारी)की नारायणी संयोजक रेखा र संगठनका केन्द्रिय सदस्य अनिलको पनि उपस्थिती थियो र उनीहरुले भेला सफलताको शुभकामना दिएका थिए । भेलाले जगत गुरुङको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति निर्बिरोध निर्बाचीत गरेको छ । सुरेन्द्र लामाको अध्यक्षता संचालन भएको भेलामा इन्द्रले स्वागत गरेका थिए भने सहजीकरण जगत गुरुङले गरेका थिए ।

२०७६ भदौ २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :