अखिल (क्रान्तिकारी)द्वारा विद्यार्थी सहुलियत भाडा कार्यान्वयनको माग


बर्दिया : अखिल (क्रान्तिकारी) बर्दियाले यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको माग गर्दै बर्दिया जिल्लाको मुख्य बसपार्क कृष्णसार, गुलरिया, भुरिगाउँ, बासगढी लगाएतका बसपार्कहरुमा कालो ब्यानर राखेर प्रदर्शन सहित संघर्ष अगाडि बढाएको छ । पछिल्लो समय यातायातमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत छूट विभिन्न बहानामा रोकिएकाले यो कदम चाल्नुपरेको अखिल (क्रान्तिकारी) बर्दियाले जनाएको छ । सङ्गठनको केन्द्रीय कार्यक्रम ‘कम्युनिस्ट विद्यार्थी अभियान २’ देशैभरि घनीभूत तरिकाले चलिरहेको बेला अखिल (क्रान्तिकारी) बर्दियाले दसैँ तिहारको मुखैमा विद्यार्थीहरु विभिन्न बहानामा लुटिने र कठिन यात्रा गर्न बाध्य हुने भएकाले समयमै सम्बन्धित निकायको ध्यानाकर्षणका लागि अपिल पनि गरेको छ ।

यो सरकार दलाल, भ्रष्टाचारी, बलात्कारी, शैक्षिक माफिया र कालोबजारीको पक्षपोषक भएकाले आफूहरु विद्यार्थीको हकअधिकारका लागि निरन्तर सङ्घर्ष गर्दै आएको सङ्गठनले जनाएको छ । तत्काल यो निर्णय कार्यान्वयन नगरे कडा सङ्घर्ष गर्न बाध्य हुने पनि उक्त सङ्गठनले जनाएको छ ।

२०७६ भदौ २४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :