उदयपुरमा युवाहरुको भेला सम्पन्न

काठमाडाैँ : ‘राष्ट्रियता, जनतत्र र जनजीविकाका पक्षमा आम युवाहरु एक हौं !, वैज्ञानिक समाजवादका लागी संगठन सुदृढ तथा बिस्तार अभियानमा अघि बढौं !!’ भन्ने मुल नारा सहित शुरु भएको नेकपा निकट युवा संगठन नेपालको तिन महिने संगठन सुदृढ तथा बिस्तार अभियान अन्र्तगत आइतबार उदयपुरमा प्रथम जिल्ला सम्मेलन सम्पन्न गरिएको छ । 

सयौं युवाहरुको सहभागीतामा सम्पन्न भएको भेलालाई युवा संगठनका केन्द्रीय कोषाध्यक्ष रोज र नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरो संयोजक शैलेसले सम्बोधन गरेका थिए ।  सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि शैलेसले युवाहरु देशको सम्बाहक शक्ति भएको भएपनि दलाल राज्यब्यवस्थाकै कारण नेपालका युवाहरु बिदेशमा सस्तो मुल्यमा श्रम बेच्न बाध्य भएको बताए । उनले आफ्नो पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशाबाट वैज्ञानिक समाजवाद स्थापना भए मात्रै समग्र रास्ट्र, जनता र युवाहरुले गुलाम बन्नु पर्ने अबस्थाबाट मुक्ति पाउने बताए ।

 यस्तै युवा संगठनका केन्द्रीय कोषाध्यक्ष रोजले जनयुद्धको नेतृत्व गरेका नेताहरु बिस्तारबाद र साम्राज्यवाद सामु घुडा टेकेका कारण अहिले पनि नेपाली युवाहरु बिदेशीको गुलाम हुनुपरेको बताए ।  

उनले भने ‘यदि हामी अझै पनि सचेततासाथ क्रान्तिको बाटोमा नलाग्ने हो पनि २१औं शताब्दीको युवा हुनुको अर्थ हुने छैन । तसर्थ नौ जवान युवाहरु नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनमा एकाकार भएर वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा लागे मात्र युवाहरुको भबिस्य सुनिस्चित हुनेछ ।’

भेलामा नेकपा उदयपुर जिल्ला इन्चार्ज श्याम र सेक्रेटरी प्रसान्त पनि अथितिका रुपमा उपस्थित थिए ।

भेलाले चन्द्र कटुवालको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । भेलाको अध्यक्षता चन्द्र कटुवाल गरेका थिए भने सहजिकरन किरन बिष्टले गरेका थिए ।

२०७६ भदौ २४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :