वार्ता प्रयास भाड्न कुमार पौडेलको हत्या

काठमाडौँ : असार ५ गते ओली सरकारको गृह प्रशासनले निशस्त्र अवस्थामा पार्टी काममा हिडिरहेको अवस्थामा ने.क.पा. का सर्लाही जिल्ला ईञ्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिएर निर्मम तथा बर्बर यातना दिएर हत्या ग¥यो र हत्याको अपराध ढाकछोप गर्नका लागि ‘दोहोरो भिडन्त’ को कथा प्रचार ग¥यो । सरकारको गैर न्यायिक हत्याको विरोधमा लामो समयसम्म सदन अवरुद्ध भयो । सरकारको हर्कतप्रति सांसद सरिता गिरीले ‘यो सरकार बलियो भएको भए कुमार पौडेललाई किन मार्नुप¥यो’ भनिन । त्यसैगरी मन्त्री रेखा शर्माले ‘जनयुद्धको समयमा पनि यसरी नै दोहोरो भीडन्तको नाममा मारिन्थ्यो’ भनिन । पूर्व मन्त्री तथा नेता जनार्दन शर्माले गैरन्यायिक हत्या भएको आरोप लगाए । सरकार भित्र रहेका र प्रतिपक्षमा रहेका मात्र होईन सिङ्गो समाजले हत्याकाण्डको सन्दर्भमा सरकारी दावीलाई अस्विकार ग¥यो । ने.क.पा. र सरकारका प्रतिनिधीहरु बीचमा वार्ताको विषयमा अनौपचारीक छलफल र भेटघाट चलिरहेको बेला कुमार पौडेलको हत्या भएको घटनाले के.पी. ओली सरकार वार्ताको चर्चा गर्दै क्रान्तिककारीहरुको हत्या गर्दै जाने रणनितिमा रहेको आशंका भयो । ओली सरकार अराजनीतिक र अविस्वनिय समुह ठानियो । यदि त्यसो हुदैनथ्यो भने गृहमन्त्री रामबहादुर थापा ले वार्ता भाँड्न खोजेको तथ्य सार्वजननिक गर्नुपथ्र्यो । अथवा वार्ता नचाहने हतियार तस्कर र अपराधि गिरोहलाई गैरन्यायिक हत्याका अपराधीहरुलाई कारवाही गर्नुपथ्र्यो । संसदिय छानविनको मागलाई समेत अस्विकार गर्नुले ओली र थापाको केन्द्रीय योजनामा कुमार पौडेलको हत्या गरेको पुष्टि हुन्छ । कुमार पौडेलको हत्यापछि सरकार ने.क.पा. वार्ता प्रयास हराएर गएको छ । शान्ति र राजनीतिक सङ्कटको समाधान चाहने जनताको आशालाई सरकारले तुषारापात गरेको छ ।

कुमार पौडेलकी दिदि लक्ष्मीले सरकारी दावी अस्विकार गर्दै “पाईलाबाट हानेको गोली घुँडाबाट निस्केको छ । दोहोरो भीडन्त भएको भए पाईतालामा गोली लाग्छ ?” प्रश्न गर्नुहुन्छ । “घटनादेखि नै आमाको आँखा ओभानो भएको छैन रातीराती पनि रुनुहुन्छ । अवस्था नाजुक छ । आमा धेरै बाँच्नुहुन्न भन्ने सोचेर झनै तनाव भएको छ ” दिदि लक्ष्मी भन्नुहुन्छ ।

यतिवेला स्थानीय प्रहरी, प्रशासन र पीडित परिवारबाट हत्याका योजनाकार आरोपित भरत थापा सहितले कुमार पौडेलको पक्षमा अग्रभागमा रहेका कार्यकर्तालाई झुठा मुद्धा लगाउने, दवाव, लालभ दिने र पार्टीप्रति भ्रम प्रचार गर्ने षड्यन्त्र योजनाबद्ध रुपमा गरिरहेको कुमार पौडेलको भाई हरिकृष्ण पौडेलको छ । कुमार पौडेलले असार ५ गते विहान ११ः५५ मा जीवनसंगिनी फोन गरेर अपरान्ह ४ बजे फोन सम्पर्क गर्ने बताउनु भएको थियो । ११ः२० – १ः०० बजेभित्र घटना भएको हो । लखन्देही खोलादेखि करिव १ कि.मी पूर्व झाडी भएको स्थानमा २ कि.मी परसम्मका दृश्यहरु देखिने स्थानमा घटना भएको भनिएको र घटनाको प्रत्यक्षदर्शी कोही नर्भको (सथका दुईजना बाहेक) हुनाले अन्यत्र हत्या गरेर लखन्देहीमा ल्याएको पनि हुनसक्ने परिवारको आशंका छ । घटना भएको भनिएको स्थानको ५ सय मिटर जतिमा बसोबास भएपनि उनीहरुले त्यहाँ गोली चलेको सुनेनन् । बटुवाहरु, गोठाला र घाँसीहरुलाई त्यस दिन विहान ८ बजेदेखी नै आउजाउ गर्न रोकीएको थियो । त्यसको कारण सोध्दा ‘कसैले मृग मारेको थियो । अनुसन्धान हुदैछ’ प्रहरीहरु भन्ने गर्थे । विहानैदेखि बाटो बन्द गरेकोले हत्याकाण्ड पूर्व नियोजित थियो भन्ने पुष्टि हुन्छ ।
शव उठाउदा र पोष्टमार्टम गर्दा पारदर्शि हुनुपर्छ । तर कुनै ठूलो घटना भएको हुनसक्ने ठानेर पटकपटक सुचना मागेका सञ्चारकर्मीलाई सुचना लुकाएर साँझ ५ बजे विद्युतिय माध्यम (मेल) बाट एकतर्फी सुचना प्रवाह गरेको थियो । सुचना लुकाउने प्रहरी प्रशासनको हर्कतले घटना शंकास्पद र प्रहरीको दावी पत्याउन नसकिने स्थानिय सञ्चारकर्मिको छ । पीडित परिवारलाई शव उठाउदा र पोस्टमार्टम गर्दा सहभागी नगराईएकोले प्रमाण लुकाउन र नष्ट गर्न प्रहरी र प्रशासन लागेको प्रष्ट हुन्छ । असार ७ गते शव सरोकारवाला परिवारलाई दिईयो । कुमार पौडेलको दिदि लक्ष्मी भन्नुहुन्छ “शव पुरै सडिसकेको ले नसड्ने औषधी पनि प्रयोग नगरीएको देखिन्थ्यो । त्यत्तिकै फालेको खवर आएको थियो । दाँतहरु सबै झरका थिए । शव सग्लो थिएन, क्षत–विक्षत थियो” स्थानिय एकजना प्रहरीले पीडित परिवारसंग भनेका थिए “घटना भएको ३० मिनेटभित्र कमल बुढाथोकी घटनास्थल पुगेका थिए । उनलाई सिडिओले तपाईको काम भयो, त्यहि मान्छे हो कि होईन हेर्न जानुस भनेपछि बुढाथोकी घटना स्थल पुगेका थिए ”सर्लाहि सिडिओले घटना स्थलमा ४ जना रहेको सार्वजनिक गरेको बेला घटनास्थलमा रहेका एक जनाले ३ जनामात्र रहेको बताएका छन् । सिडिओले सङख्या बढाउनुको कारण पनि रहस्यमय देखिन्छ ।

गृहमन्त्री रामबहादुर थापाले स्थानीय जनप्रतिनिधिहरुले कुमार पौडेललाई कारवाहि गर्न पटक पटक अनुरोध गरेको भनाई छ । त्यसो भए हत्या गर्न अनुरोध गर्ने जनप्रतिनिधिहरु को को हुन त ? प्रश्न उठेको छ । परिवारले भरत थापा, डिल्ली उप्रती, वसन्त भट्टराई र कमल बुढाथोकी लगायतप्रति आरोप लगाएका छन् । केहि दिनपछि घटनास्थलमा पुगेका स्थानियले कुमारका भाई हरिकृष्णलाई गोली “गोली चलेको, भडिन्त भएको भए हामीलाई पनि थाहा हुन्थ्यो । अन्यत्र मारेर यहाँ ल्याएको होला” भनेका थिए । लामो समयसम्म प्रशासनको दवावमा जिल्ला अस्पताल सर्लाहीले पोस्टमार्टम प्रतिवेद दिएको छैन । राष्ट्रिय मानव अधिकार आयोगका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा अस्पताललाई प्रतिवेदन बुझाउन दवाव दिन अनुरोध गरेका थिए । “ पोस्टमार्टम गर्दा म पनि हेर्छु भन्दा वुवालाई अपमानित गरेर धपाईयो” दिदि लक्ष्मी भन्नुहुन्छ । कुमार पौडेलको शव घरसम्म लग्दा श्रद्धान्जलि अर्पण गर्न पनि दिईएन । भाई हरिकृष्ण भन्नुहुन्छ, “शवलाई वरफमा राखिएको थिएन । आन्द्रा बाहिरै थियो सिलाईएको पनि थिएन । आफ्नै बाहन ल्याउछौँ भन्दा पनि दिईएन र प्रहरी कै बाहनमा ल्याईयो । शवमा फूल चढाउन चोक चोक मा जम्मा भएको प्रीयजनहरु लाई प्रहरीले फूलअविर चढाउन समेत नदिई लखेटियो । लाठीचार्ज ग¥यो । “श्रद्धान्जलि गर्न आएका स्थानीय जनतालाई सर्लाही एसपीले ‘अर्को लास ढल्ला’ भन्दै धम्क्याएका थिए ।

कुमार पौडेलका पिता २०२८ सालमा सालु देउराली, रामेछापबाट सर्लाहीको पिप्राभित्तामा बसाई सरेर आउनु भएको थियो । कुमार को मावली सिन्धुली हो । पिप्राभित्ताका आफन्त अझै भन्छन् “कुमारका बाले एक बोरा पैसा बोकेर आएका थिए” त्यसवेला पिप्रामा ३ हजार विघा जग्गाको मूल्य थियो । तर नजिकका आफन्तले जालसाँझी गरेर सो रकम खाईदिए । पिता खिलकराज पौडेल मुद्धा–मामिला गर्न चाहनु भएन । बरु बसाई नै सर्नु भयो । त्यसपछि २०३५ सालमा उहाँहरु बागमति न.पा. –२, धरहरा गाउँ, सर्लाहीमा बसाई सर्नुभयो । अहिले पनि पौडेल परिवार धरहरामा नै छ । कुमार पौडेलकी आमा दुर्गादेवी सोझो, धार्मिक स्वभावकी सहिद आमा गल्दै जानु भएको छ । सामाजिक दलाल फासीवादी सरकारले उहाँको छोरो लग्यो । जुन व्यवस्था ल्याउन कुमारहरुको पनि, पौडेल परिवारको पनि अथाह भुसिका थियो । कतिपय गैरसरकारी संस्थाहरुले पौडेल परिवारलाई किन्न खोजेका छन् । तर पौडेल परिवार सचेत राजनितिक परिवार छ । परिवारको एकमात्र माग गृहमन्त्री, सर्लाही एसपी, सिडिओ र हत्या गर्ने ४ जना अपराधि (जसको नाम सार्वजनिक भैसकेको छ) हरुलाई कारवाही हुनुपर्छ भन्ने रहेको छ ।

२०७६ भदौ २३ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :