श्रृङखला युवा क्लबद्वारा पत्रकार हमालको रिहाइको माग


पोखरा : जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः पक्राउ गरेपछि देशभरका पत्रकारहरु आन्दोलित बनेका छन् । समाचार संकलन गर्न गएका बेला कास्कीको सिसुबाट भदौ ६ गते पत्रकार हमाल पक्राउ परेका थिए । हमालको गिरफ्तारी गैरकानूनी भएको भन्दै दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरेर दुव्यवहार सम्बन्धी मुद्दा चलाएको थियो ।

दोस्रो पटक गिरफ्तार गरेपछि जनपत्रकार संगठनकी सदस्य रहेकी हमालकी श्रीमती मोनिका गुरूङले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । आज (सोमबार) अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । जनपत्रकार संगठनकी सदस्यसमेत रहेकी हमालकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले पत्रकार हमाललाई सोमबार पक्राउको कारण र बन्दीसहित अदालत पेश गर्न आदेश दिएको थियो ।

यस्तै पत्रकारमाथिको ज्यादती बन्द गर ! पत्रकार ओम हमाललाई रिहाई गर !! भन्ने नारासहित हमालको यथाशीघ्र रिहाइको माग गर्दै श्रृङखला युवा क्लबले पोखरामा दबाबमूलक सभा आयोजना गरि पत्रकार हमालको यथाशीघ्र रिहाइको माग गरेको हो ।

२०७६ भदौ २३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :