सुरक्षा कारबाहीमा १२ लडाकुको मृत्यु


काठमाडौं : देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा १२ जना लडाकु मारिएका छन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवैजना तालिबान लडाकु रहेका छन् ।

अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला र त्यसको वरिपरी शुक्रबार विषेश सुरक्षा कारबाही अभियान चलाएको थियो । सैन्य प्रवक्ता रेजाईका अनुसार सुरक्षा कारबाही अभियानका क्रममा अरु १७ जना लडाकु पनि घाईते भएका छन् ।

उनले कारबाहीको शिलशिलामा सरकारी सुरक्षाकर्मीतर्फ कुनै क्षति नभएको दाबी पनि गरे । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेबारी लिएको छैन ।

तालिवान लडाकुहरुले पछिल्लो दश दिनमा उत्तरी क्षेत्रको बाल्ख, कुन्दुज, बाघ्लान र पश्चिमी क्षेत्रका केही ठाउँमा आफ्ना गतिविधिहरु बढाएका थिए ।

२०७६ भदौ २१ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :