रामवृक्ष स्मृतिसभा सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, जनकपुर ब्युरोले २०७६ भाद्र २ गते सर्लाही जिल्लामा महान् सहिद रामवृक्ष यादवको स्मृतिसभा सम्पन्न गरेको छ ।

पार्टी केन्द्रीय सदस्य तथा जनकपुर व्युरो इन्चार्ज सन्देश, पार्टी केन्द्रीय सदस्यहरु निर्मल, देवनारायण, केन्द्रीय स्कुलिङ विभाग प्रमुख ध्रुवलगायतको सहभागितामा स्मृतिसभा सम्पन्न भएको हो ।

पार्टी केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देशले महान सहिद रामवृक्ष यादव, जय गोविन्द शाह, सुर्यनाथ राना, ऋषि देवकोटा (आजाद)को लक्ष्य अझै पुरा नभएको बताउनु भयो । उहाँले एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापनाको मुख्य कार्यभार पुरा गरिने र उहाँहरुको लक्ष्यलाई सुनिश्चित गरिनेसमेत बताउनुभयो ।

सभामा केन्द्रीय स्कुलिङ विभाग प्रमुख ध्रुवले महान् सहिद रामवृक्षको विचार मालेमावादमा आधारित रहेको हुँदा उहाँको लक्ष्य, उद्देश्य अनुसारको संघर्ष गर्ने पार्टी सच्चा क्रान्तिकारी हुने बताउनु भयो । वहाँले संशोधनवादी, अवसरवादी, कम्युनिस्ट विरोधीतत्व, पार्टी र गैरक्रान्तिकारीहरुले रामवृक्षको शहादातप्रति व्याज खाने भाँडो बनाएका छन् भन्नु भयो ।

पार्टी केन्द्रीय सदस्य निर्मलले क्रान्तिकारी विचार र जनताको रक्षा गर्न जनमुक्ति सेनाको निर्माणले कम्युनिस्ट पार्टी साम्यवादतिर अघि बढ्न सक्छ भन्नुभयो ।

पार्टी केन्द्रीय सदस्य देवनारायणले महान सहिद रामवृक्ष यादव मधेस मात्रको नेता नभई सिंगो विश्व कम्युनिस्ट आन्दोलनकै उदाहरणीय नेता भएको बताउनु भयो । उहाँले रामवृक्षको शहादतपछि उहाँका छोरा शेखर लगायत सम्पूर्ण परिवार भीषण वर्गसंघर्ष, १० वर्षे जनयुद्धमा सहभागि भएको र शेखरसमेत सहिद हुनुभएको बताउनु भयो ।

रामवृक्ष यादव, कुमार पौडेल साथै एकीकृत जनक्रान्ति, महान जनयुद्धलगायतका संघर्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरुप्रति १ मिनेट श्रद्धाञ्जली गरी कार्यक्रमको सुरुवात गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता तथा संचालन ब्युरो इन्चार्ज सन्देशले गर्नुभएको थियो ।

त्यस्तै धनुषा जिल्लाको धनुषाधाम नगर पालिकामा पनि रामवृक्ष स्मिृतिसभा सम्पन्न भएको छ । सभामा जनकपुर व्युरोका विशेष समितिका सदस्य तथा सहिद परिवार आदमको प्रमुख आतिथ्यता रहेको थियो भने धनुषा जिल्ला सेक्रेटरी तारा, जिल्ला सदस्यहरु मनोज, क. भविलगायतले सम्बोधन गर्नु भएको थियो ।

२०७६ भदौ १६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :