ब्राजिलमा आगो निभाउन सशस्त्र सुरक्षा फौज परिचालन


काठमाडौं : ब्राजिलले अमेजन जंगल क्षेत्रमा लागेको आगो निभाउन सशस्त्र सुरक्षा फौजलाई आदेश दिएका छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आगो नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गर्न आदेश दिएका छन् । युरोपियन युनियनको दवावका कारण राष्ट्रपति र बोलसोनारोले आगो नियन्त्रणका लागि सेना परिचालन गरेको बीबीसीले जनाएको छ ।

यसअघि अमेजन जंगलमा लागेको आगो नियन्त्रण नभएसम्म फ्रान्स र आयरल्याण्डले ब्राजिलसँगको व्यापारीक सम्बन्ध तोड्ने सचेतावनीसमेत दिएका थिए । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलका राष्ट्रपतिले जलवायू परिवर्तनबारे आफूसँग झुट बोलेको प्रतिक्रिया दिएका थिए ।

विश्व समुदायले चिन्ता व्यक्त गरिरहेका बेला आगो भने नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणका लागि ठोष कदम नचालेको भन्दै वातावरण संरक्षण अभियानताहरुले ब्राजिलका विभिन्न शहरमा प्रदर्शनसमेत गरेका छन् ।

२०७६ भदौ ७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :