जनयुद्धकालमा कब्जा गरिएका जग्गा जनपरिषद्द्वारा पुनः कब्जा

सल्यान : शान्ति प्रक्रियामा आइसकेपछि कब्जा गरिएका घर जग्गालाई प्रचण्ड–बाबुरामले फिर्ता गरेको भन्दै जनयुद्वकालमा कब्जा गरेका घरजग्गालाई नेपाल कम्युनिस्ट पार्टीले पुनः कब्जा गर्ने जनाएको छ ।

छत्रेश्वरी गाउँपालिका ६ लान्तीमा रहेको ६ रोपनी खैराबाङ मन्दिरको नामको जग्गालाई मगरात स्वयत्त प्रदेश अन्तरगत जिल्ला जनपरिषद् सल्यानले शनिबार आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

जनपरिषद्ले कालो ब्यानर राखेर भनेको छ, ‘परिवर्तनकारी जनतालाई हाम्रो सलाम, दलाल, भ्रष्ट, भुमाफिया हाम्रो निशानी, जनयुद्वको क्रममा कब्जा गरिएका सबै जग्गा पुन जनपरिषद् नेपालले आजको मितिदेखि आफ्नो नियन्त्रणमा लिएको जानकारी गराउदछौँ ।’ उक्त जग्गा कसैले विक्रि वितरण गरेमा आफुहरुले कारबाही गर्ने जनपरिषद्ले जनाएको छ ।

यसैबीच नेकपा सल्यानका सेक्रेटरी लोक्पाल केसीले जनयुद्वमा कब्जा गरिएका घरजग्गा सल्यानमा थुप्रै भएको बताए । अव सबैलाई आफुहरुसहित जनताले पुनः कब्जामा लिने बताए ।

२०७६ भदौ १ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :