पाकिस्तानले कश्मीरको सीमामा आक्रमण गर्दा भारतीय सैनिकको मृत्यु


श्रीनगर : भारत सरकारले जम्मू कश्मीर राज्यलाई पुनर्गठन गर्ने निर्णय गरेसँगै पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिँदै गएको अवस्थामा पाकिस्तानी सेनाले भारतीय सैनिक चौकीलाई लक्षित गरी आक्रमण गरेको छ । पाकिस्तानी सेनाले कश्मीरस्थित भारतसँगको सीमाक्षेत्र नौसेरास्थित भारतीय सेनाको चौकीमा आक्रमण गर्दा भारतीय सेनाका लेसनायक सन्दीप थापा मारिएका छन् ।

पाकिस्तानको आक्रमणपछि भारतीय सेनाले गरेको जवाफी कारवाहीमा पाकिस्तानी सेनाको सुरक्षा चौकी ध्वस्त पारिएको भारतको दैनिक भाष्कर अखबारको अनलाइन संस्करणले जनाएको छ । पाकिस्तानी सेनाले युद्धविरामको उल्लङ्घन गर्दै बिहान करिव साढे ६ बजे आसपास आक्रमण गरेको बताइएको छ । मारिने भारतीय सेनाका लेसनायक सन्दीप थापा उत्तराखण्डस्थित देहरादूनका नेपाली मूलका भारतीय नागरिक रहेको बताइएको छ ।

भारतीय रक्षामन्त्रालयका अनुसार पाकिस्तानी सेनाले मोर्टार लगायतका साना हतियारमार्फत भारतीय सुरक्षा चौकीमा आक्रमण गरेको थियो ।

२०७६ साउन ३२ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :