नेवारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते


हेटौंडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उप–महानगरपालिका–१९ नेवारपानीमा शुक्रबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको बस अनियन्त्रित भई पल्टिएर बिजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

२०७६ साउन ३१ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :