प्रतिरोध सङ्घर्षमा उत्रिने नेकपा भेरी–कर्णाली ब्युरोको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरोले पार्टीको भेरी–कर्णाली ब्युरो सदस्य एवम् बर्दिया जिल्ला सेक्रेटरी गणेश ढकाल ‘कमल’ लाई केपी–बादल सरकारले पार्टी कामको सिलसिलामा बर्दिया जिल्लाको गुलरियाबाट साउन २६ गते गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । गिरफ्तार गरी हिरासतमा राखिएका नेता–कार्यकर्तालाई बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध सङ्घर्षमा उत्रिने चेतावनी पनि ब्युरोले विज्ञप्ति जारी गरी दिएको छ ।
भेरी–कर्णाली ब्युरोका इन्चार्ज रविले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरो सदस्य एवम् बर्दिया जिल्ला सेक्रेटरी कमरेड गणेश ढकाल ‘कमल’ लाई दलाल केपी–बादलको फासिवादी सरकारले पार्टी कामको सिलसिलामा बर्दिया जिल्लाको गुलरिया भन्ने ठाउँबाट साऊन २६ गते दिउँसो तीन बजे गिरफ्तार गरेको घटनाले भेरी–कर्णाली ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ । केही समययता क्रान्तिकारीहरूको ऊर्वर भूमि भेरी–कर्णालीमा वली सरकाले गिद्देदृष्टि लगाएर क्रान्तिकारीहरूलाई विचलित गराउने र आफ्नो लुटको स्वर्ग स्थापित गर्ने उद्देश्यले दिन–प्रतिदिन हाम्रा नेता तथा कार्यकर्ता गिरफ्तार गर्दै आतङ्क मच्चाइरहेको छ । यो दलाल सरकारले हाम्रो पार्टी नेकपा र एकीकृत जनक्रान्तिको कार्यदिशा सफल हुन नदिन अनेक हतकण्डा मच्चाइरहेको छ र कमरेड कमललाई झूट्टा मुद्दा लगाएर हाल बर्दिया जिल्लाको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘वली–बादल सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको सुनिश्चितताका लागि वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग एकीकृत जनक्रान्तिको बाटोमा हिँडिरहेका हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निरन्तर गिरफ्तार गर्ने, यातना दिने, हिरासत र जेल पठाउने, झूट्टा मुद्दा लगाउने, हिटलर शैलीमा धरपकड गरी बन्दी बनाउनेजस्ता अति बर्बरतापूर्ण हर्कत गर्दै आएको छ । दलाल पुँजीपति वर्गको नेतृत्व गर्दै आएको केपी–बादल सरकारको दमनकारी शासन हिजोको राणाशासन, राजाको तानाशाही व्यवस्था, पञ्चायती शैलीको भन्दा भयङ्कर र क्रूर बन्दै गएको देखिन्छ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीको लोगो बेचेर झूटको खेती गर्दै आइरहेको वली–बादल सरकारले हाम्रो पार्टी नेकपामाथि प्रतिबन्ध लगाएपछि देशैभर हाम्रो पार्टीमा संलग्न ६०० भन्दा बढी नेता तथा कार्यकर्तालाई बन्दी जीवन जिउन बाध्य पारेको छ र कयौँलाई कठोर यातनाका साथ हिरासतमा राखेको छ । हाम्रा सबै नेता तथा कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्न माग गर्दछौँ । अन्यथा यो सरकारको तानाशाही कदमविरुद्ध हाम्रो पार्टी योजनाबद्ध प्रतिरोध सङ्घर्षमा उत्रिन बाध्य हुनेछ ।’

विज्ञप्ति  सहित :

‘नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरो सदस्य एवम् बर्दिया जिल्ला सेक्रेटरी कमरेड गणेश ढकाल ‘कमल’ लाई दलाल केपी–बादलको फासिवादी सरकारले पार्टी कामको सिलसिलामा बर्दिया जिल्लाको गुलरिया भन्ने ठाउँबाट साऊन २६ गते दिउँसो तीन बजे गिरफ्तार गरेको घटनाले भेरी–कर्णाली ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ । केही समययता क्रान्तिकारीहरूको ऊर्वर भूमि भेरी–कर्णालीमा वली सरकाले गिद्देदृष्टि लगाएर क्रान्तिकारीहरूलाई विचलित गराउने र आफ्नो लुटको स्वर्ग स्थापित गर्ने उद्देश्यले दिन–प्रतिदिन हाम्रा नेता तथा कार्यकर्ता गिरफ्तार गर्दै आतङ्क मच्चाइरहेको छ । यो दलाल सरकारले हाम्रो पार्टी नेकपा र एकीकृत जनक्रान्तिको कार्यदिशा सफल हुन नदिन अनेक हतकण्डा मच्चाइरहेको छ र कमरेड कमललाई झूट्टा मुद्दा लगाएर हाल बर्दिया जिल्लाको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
वली बादल सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको सुनिश्चितताका लागि वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग एकीकृत जनक्रान्तिको बाटोमा हिँडिरहेका हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निरन्तर गिरफ्तार गर्ने, यातना दिने, हिरासत र जेल पठाउने, झूट्टा मुद्दा लगाउने, हिटलर शैलीमा धरपकड गरी बन्दी बनाउनेजस्ता अति बर्बरतापूर्ण हर्कत गर्दै आएको छ । दलाल पुँजीपति वर्गको नेतृत्व गर्दै आएको केपी–बादल सरकारको दमनकारी शासन हिजोको राणाशासन, राजाको तानाशाही व्यवस्था, पञ्चायती शैलीको भन्दा भयङ्कर र क्रूर बन्दै गएको देखिन्छ ।
कम्युनिस्ट पार्टीको लोगो बेचेर झूटको खेती गर्दै आइरहेको वली–बादल सरकारले हाम्रो पार्टी नेकपामाथि प्रतिबन्ध लगाएपछि देशैभर हाम्रो पार्टीमा संलग्न ६०० भन्दा बढी नेता तथा कार्यकर्तालाई बन्दी जीवन जिउन बाध्य पारेको छ र कयौँलाई कठोर यातनाका साथ हिरासतमा राखेको छ । हाम्रा सबै नेता तथा कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्न माग गर्दछौँ । अन्यथा यो सरकारको तानाशाही कदमविरुद्ध हाम्रो पार्टी योजनाबद्ध प्रतिरोध सङ्घर्षमा उत्रिन बाध्य हुनेछ ।

क्रान्तिकारी अभिवादनसहित !
रवि
इन्चार्ज
नेपाल कम्युनिस्ट पार्टी
भेरी–कर्णाली ब्युरो

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :