नेकपाका नेता कार्यकर्तालाई हिरासतमा चरम यातना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गिरफतार गरी चरम यातना दिने गरेको पाईएको छ । प्रहरीले नियन्त्रणमा लिएका नेकपाका नेता कार्यकर्तालाई चरम शारीरिक र मानसिक यातना दिनुका साथै विप्लव नेतृत्वको पार्टी नेकपा छोडन दबाब दिने गरेको छ ।
यसैबीच गत साउन २० गते झापाको दमक स्थित बेलडाँगीबाट पक्राउ परेका नेकपाका दमक सेक्रेटरी सुवास राई र युवा संगठनका सदस्य पुकार लामालाई प्रहरीले मानसिक तथा शारीरिक यातना दिइरहेको पाइएको छ भने मानवअधिकारकर्मिहरुलाई समेत भेट्न दिइएको छैन । साउन १४ र १५ गते दमक, कमल गाउँपालिका, भद्रपुर र अर्जुनधारामा रहेको एनसेलको टावरमाथि आक्रमण गरेको आरोपमा प्रहरीले उनीहरुले गिरफतार गरेको हो । दमक सेक्रेटरी राई र युवा संगठनका सदस्य लामालाई अहिले दमक हिरासतमा राखिएको छ। अहिलेसम्म उनीहरुका आफन्तजन र मानव अधिकारकर्मीलाई समेत भेटन नदिएको र चरम यातना दिने गरेको पारिवारीक श्रोतले जनाएको छ ।

मिति २०७६ सावन २७ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :