बिहानै त्रिशूली नदीमा बस खस्यो यस्तो छ क्षतीको बिवरण

काठमाडौं :सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना छ ७४६९ नम्बरको यात्रुवाहक त्रिशुली नदीमा खसेको छ । आज बिहान ३ बजे त्रिशूली नदीमा बस खस्दा अहिलेसम्म तीन जनाको मृत्यु भएको पुष्टी भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बसमा कति यात्रु सवार थिए भन्ने कुरा थाहा भएको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल उद्धारमा लागिरहेको छ । क्षतीको थप विवरण प्राप्त भएको छैन ।

२०७६ साउन २४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :