सिवाकोटी र रायलाई तत्काल रिहा गर्न राष्ट्रिय उद्योग वाणिज्य महासंघको माग


काठमाडौं : राष्ट्रिय उद्योग वाणिज्य महासंघले संगठनका केन्द्रीय सदस्य मोहन सिवाकोटी र ललितपुर जिल्ला अध्यक्ष उद्धव रायलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आस्था राख्ने व्यापारी हो भन्ने तर्क गर्दै ललितपुरको लगनखेलबाट साउन १४ गते प्रहरी प्रशासनले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेत र महासचिव योगेश बुढाथोकीले सोमबार विज्ञप्ति जारी गर्दै गिरफ्तारीमा परेका मोहन सिवाकोटी र उद्धव रायलाई बिनासर्त र यथाशीघ्र रिहा माग गरेका छन् ।

अध्यक्ष श्रीकृष्ण बस्नेत र महासचिव योगेश बुढाथोकीले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महासंघ राष्ट्रिय उद्योग वाणिज्य महासंघले आफ्नो व्यवसाय गरी जीविका चलाउने सम्पूर्ण देशभक्त, प्रगतिशील उद्योगी व्यवसायीहरुको हकहित र अधिकार प्राप्तिकोलागि आवाज उठाउँदै आइरहेको जानकारी गराउदछौं । साथै आफ्नो व्यवसाय गर्दै गरेको अवस्थामा ललितपुरको लगनखेलबाट प्रहरी प्रशासनले हाम्रो महासंघका केन्द्रीय सदस्य मोहन सिवाकोटी र ललितपुर जिल्ला अध्यक्ष उद्धव रायलाई मिति २०७६ साउन १४ गते विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीको आस्था राख्ने व्यापारी हो भन्ने तर्क गर्दै गरिएको गिरफ्तारीप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कुनैपनि विचार र आस्थाको आधारमा व्यवसायीहरुको श्रम गरी खाने अधिकारलाई कैद गर्ने सरकारको अराजनैतिक हर्कतप्रति सम्पूर्ण देशभक्त, प्रगतिशील उद्योगी व्यवसायीहरु एकजुट भई न्यायको पक्षमा आवाज उठाउन हाम्रो महासंघ अपिल गर्दछौं र गिरफ्तार गरिएका महासंघका केन्द्रीय सदस्य मोहन सिवाकोटी र ललितपुर जिल्ला अध्यक्ष उद्धव रायलाई विनासर्त तत्काल रिहाईको माग गर्दछौं ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ साउन २२ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :