घाइते अस्पतालबाट घरमा होइन हिरासत गए


काठमाडौं :  कैलालीको धनगढीमा भएको बम बिस्फोटमा परि घाइते भएका कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेलालाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । गत साउन २ गते भएको धनगढी बिस्फोटमा परि घाईते भएका सेरेलालाई उपचारपछि आज माया मेट्रो अस्पतालले डिस्चार्ज गरे लगत्तै सेरेलालाई अस्पतालबाटै प्रहरीले पक्राउ गरेको हो । उन उपचार प्रहरीको निगरानीमै भईरहेको थियो ।

साउन २ गते कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ४ को शहिद गेट नजिकै रहेको निलम होटलमा बम विस्फोट हुँदा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१४ का रामबहादुर सिंहको मृत्यु भएको थियो भने अन्य चार जना घाईते भएका थिए ।

२०७६ साउन २१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :