सुराकीहरूलाई कारबाही गर्ने झापा सेक्रेटरीको चेतावनी (विज्ञप्तिसहित)

झापा : नेपाल कम्युनिस्ट पार्टीका झापा सेक्रेटरी मनीषले सोमबार विज्ञप्ति प्रकाशित गर्दै पार्टीका जिल्ला सदस्य एवम् दमक नगर सेक्रेटरी सुवास राई र युवा सङ्गठनका सदस्य पुकार लामालाई पार्टी कामको सिलसिलामा हिँडिरहेको अवस्थामा दमक बेलडाँगीबाट अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको जनाएका छन् । उनले भनेका छन्, ‘गिरफ्तारीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी दलाल सामाजिक फासिवादी केपी–पीके सरकारको उक्त निकृष्ट र अराजनीतिक हर्कतको कडा शब्दमा भत्र्सना गर्दै पक्राउ परेका हाम्रा कार्यकर्तालाई बिनासर्त तत्काल रिहाइको मागगर्दछ ।’

मनीषको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कथित दुई तिहाइको केपी–पीके मण्डलीको सरकारले उनीहरू आफैँले बनाएको कानुन उल्लङ्घन गर्दै जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार र राजनीतिक आस्था राख्न पाउने नैसर्गिक अधिकारसमेतलाई लत्याउँदै कथित वामपन्थी भनिएको दलाल सत्ताले शृङ्खलाबद्ध रूपमा गरेको दमन, हत्या र श्वेतआतङ्क बन्द गर्न चेतावनी दिन चाहन्छौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सहनशीलतालाई कमजोरी ठान्दै पक्राउ परेका हाम्रा नेता–कार्यकर्तालाई तत्काल रिहा नगरे दलाल सत्ताको मतियार बनेर जनता, क्रान्ति र परिवर्तनकाविरुद्ध उत्रने, सुराकीगर्ने मतियार एवम् फासिवादी सत्ताका दलाल एजेन्टहरूलाई गिरफ्तार गरेर जनकारबाही गर्नसमेत हामी पछिनपर्ने कुरा यसै विज्ञप्तिमार्फत अवगत गराउन चाहन्छौँ ।’ विज्ञप्तिकाे पूर्णपाठ…

२०७६ साउन २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :