मध्यराती बनेपा बजारमा बम विस्फोट


काठमाडौँ : काभ्रेको बनेपा बजारमा मंगलबार राती बम विस्फोट भएको समाचार प्राप्त भएको छ । मध्य राति भएको बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम विस्फोट भएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले भने, ‘विस्फोट भएको जानकारी हामीले पाएका छौँ ।’ घटनास्थलमा प्रहरी पठाइएको छ । क्षतिको कुनै विवरण भने आएको छैन ।

२०७६ साउन १५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :