महिलानेत्री भृकुटी गिरफ्तार

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ लाई प्रहरीले गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट महिला सङ्गठनकी केन्द्रीय महासचिव भृकुटीलाई प्रहरीले मङ्गलबार काठमाडौँको बूढानीलकण्ठबाट गिरफ्तार गरेको हो ।

नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा महासचिव भृकुटीलाई प्रहरीले गिरफ्तार गरेको हो । उपाध्याय पूर्वसभासद् पनि हुन् । 

२०७६ साउन १५ गते मङ्गबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :