नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा कतारले अगस्तमा सातौं अधिवेशन आयोजना गर्दै


कतार : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा कतारले ‘बेरोजगार युवा बेच्दै जिम्मेवारी नलिने मेनपावरमाथि निर्मम बनौ, राज्य आतंकको भण्डाफोर गर्दै सातौं अधिवेशन भव्यरुपले सफल पारौं’ भन्ने मुल नाराका साथ सातौं अधिवेशन ह्वाइट हाउस रेष्टुरेन्ट, प्लाजा सनैयामा सन् २०१९ अगस्त २३ तारिख (शुक्रबार)का दिन बिहान ११ः३० बजेको समयमा आयोजना गर्ने भएको छ ।

सम्पूर्ण वामपन्थी प्रगतिशील तथा देशभक्त मजदूरहरुको साझा संगठन नेपाली जनप्रगतिशील मोर्चा कतारको सातौं अधिवेशन २०१९ सु–सम्पन्न गर्नलागि सम्पूर्ण देशभक्त, प्रगतिशील, तथा संघर्षशिल मजदुरहरु एवं दाजुभाई तथा दिदीबहिनीहरु, कतारमा सञ्चालित सम्पूर्ण वैचारिक, सामाजिक, क्षेत्रीय तथा लैङ्गीक संघसंस्थाका प्रतिनिधि ज्युहरुमा अन्तरक्रियात्मक मन्तव्यसहित नयाँ गठन हुने कार्यसमितिलाई बधाई दिदैं कार्यक्रमको शोभा बढाई दिनुहुन, उपस्थितिकोलागि आयोजक समितिका संयोेजक रेशम पौडेलले विनम्र अनुरोध गरेका छन् ।

२०७६ साउन १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :