विदेशीलाई नेपाली नागरिकता दिने कर्मचारीलाई कडा कारवाही गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)

कास्की : नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी इमामले बुक्रबार एक विज्ञप्ति निकाली पोखरा महानगरपालिका – १८ का वडा अध्यक्ष रणबहादुर थापा र जिल्ला प्रशासन कार्यालयको मिलेमतोमा लेखबहादुर थापालाई बुवा बनाई दुइ तब्बतीयन युवती सरु थापा मगर र तासि आङ्वो थापा मगर नामबाट गैह्र कानुनी तवरले नेपाली नागरिकताको प्रमाण पत्र दिएका कर्मचारीहरुलाई तुरुन्त राजीनामासहित कारवाही नगरिए नेकपाले कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

जिल्ला सेक्रेटरी इमामले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो गोरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी राज्यका रहेक बेथिति, भ्रष्टाचार, राष्ट्रघात र देशद्रोहका विरुद्ध निर्मम तवरले जनताका माझ रही संघर्ष गर्दै आएको विषय आम न्यायप्रेमी जनतामा सर्वविदितै छ । यसै सन्दर्भमा कास्की जिल्ला पोखरा महानगरपालिका –१८ का वडा अध्यक्ष रणबहादुर थापा र जिल्ला प्रशासन कार्यालय कास्कीको प्रत्यक्ष मिलेमतोमा सोही वडाका वासिन्दा लेखबहादुर थापालाई बुवा बनाई गैह्र कानुनी तवरले दुइ तिब्बतीयन युवती सरु थापा मगर (ना.प्र.प. ४६०१०७६–२०३९) र तासि आङ्वो थापा मगर (ना.प्र.प. ४६०१०७६–०१६३३) भनिनेको नामबाट २०७६/०२/१६ र २०७६/०३/०६को मितिमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेको कुरा विभिन्न सञ्चार माध्यमले पुष्टि गर्दै सार्वजनिक गरेको हुँदा पनि यस्ता खालका देशद्रोही, राष्ट्रघाती काम गर्ने कथित वडा अध्यक्ष र जिल्ला प्रशासन कार्यालय, कास्कीका कर्मचारीहरु कसैलाई पनि कारवाही नगरी उल्टो जोगाउने चलखेलमा लागेको विषयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ साथै यो घटनाका दोषीहरुलाई यथाशिघ्र राजीनामासहित कारवाही नगरिए हाम्रो पार्टी जस्तोसुकै कारवाही गर्न वाध्य रहने र यसको जिम्मेवार दलाल संसदीय व्यवस्था र त्यसका मतियारहरु रहने कुरा यसै विज्ञप्तिमार्फत चेतावनी गरिन्छ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ साउन ११ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :