विस्फोटमा परी मृत्यु भएका राजेशलाई सहिद घोषणा (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली व्युरो इन्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति निकाली बिहीबार साँझ कैलालीको धनगढी उप–महानगरपालिका सहिद गेट नजिकै पार्टी कामको शिलशिलामा आत्म सुरक्षाकालागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा सहादत प्राप्त गर्नु भएका रामबहादुर सिंह ‘राजेश’लाई एकीकृत जनक्रान्तिका महान् सहिद घोषणा गरी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । विस्फोटमा परी घाइते भएका सर्वसाधारण नागरिकहरुको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभुति व्यक्त गरेका छन् र घाइतेहरुको उचित उपचारको व्यवस्था पार्टीले गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।

व्युरो इन्चार्ज निर्माणले विज्ञप्तिमा भनेका छन्, ‘हिजो साँझ धनगढी उप–महानगरपालिका सहिद गेट नजिकै पार्टी कामको शिलशिलामा आत्म सुरक्षाकालागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा सहादत प्राप्त गर्नु भएका रामबहादुर सिंह कमरेड ‘राजेश’लाई एकीकृत जनक्रान्तिका महान सहिद घोषणा गर्दै वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं । विस्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकहरुको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभुति प्रकट गर्दछौं । घाइतेहरुको उचित उपचारको व्यवस्था पार्टीले गर्ने प्रतिवद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुमा घाइतेहरुको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछौं ।’

विज्ञप्तिको अन्त्यमा निर्माणले भनेका छन्, ‘यस घटनाले सर्वसाधरण नागरिकहरुमा पर्न गएको असजताप्रति दुःख व्यक्त गर्दछौं । यो दुःखद घटनाको पछाडिको मुलकारण दलालपुँजीवादी संसदीय व्यवस्था भएकाले यसको सम्पूर्ण जिम्मा केपी ओलीको सामाजिक फासिवाद सरकारले दिनुपर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ साउन ३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :