सर्वोच्चद्वारा भगत र शाहीको फैसला, मुद्दा फिर्ता र रिहाइ गर्न नेकपाको माग (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्तिमार्फत जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगत र सिंहबहादुर शाहीलाई असार २४ गते सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाउँदै मुद्दालाई तुरुन्त फिर्ता गरी स–सम्मान रिहा गर्न जोडदार माग गरेका छन् ।

प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश हुने विषय जनयुद्धको विषय हो र त्यसप्रकारका प्रश्नहरुको समाधान विस्तृत शान्ति सम्झौतामा गरिसकिएको दावि गरिएको छ । तर प्रचण्ड–बाबुरामको नेतृत्वमा भएको जनयुद्धमा सहभागी कमरेडहरु झलकुमार भगत र सिंहबहादुर शाहीलाई प्रचण्डकै नेतृत्वको सरकार भएको समयमा दण्डित गर्ने अदालतको फैसला खेदजनक र अस्विकार्य छ । तसर्थ असार २४ गते सर्वोच्च अदालतले गरेको निजहरुको सम्बन्धमा गरेको फैसला फिर्ता गर्न र वहाँहरुलाई स–सम्मान रिहा गर्न पार्टी जोडदार माग गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

 

 

२०७६ असार २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :