कोपा अमेरिका कपको तयारीमा ब्राजिलको सानदार जित

काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा ब्राजिलले होन्डुरसलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

कोपा अमेरिका कपको तयारीमा रहेको ब्राजिलले होन्डुरसलाई ७–० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा गाब्रियल जेसुसले दुई गोल गरे । त्यस्तै, सिल्भा, काउटिन्हो, नेरस क्याम्पोस, फिर्मिन्हो र रिचारलिसनले समान १–१ गोल गरे ।

खेलको छैटौं मिनेटमा नै जेसुसले गोल गरेपछि ब्राजिलले अग्रता बनाएको थियो । त्यस्तै, १३ औ मिनेटमा सिल्भाले गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाए । दुई गोल अन्तरले पछि परेको होन्डुरसलाई खेलको २९औं मिनेटमा अर्को झड्का लाग्यो । रोमेल क्विटोले रेड कार्ड खाँदै मैदान छोडेपछि होन्डुरस १० खेलाडीमा सीमित भएको थियो ।

खेलको ३७ औं मिनेटमा काउटिन्होले गोल गर्दै ब्राजिललाई ३–० गोलको अग्रता दिलाए । पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो । खेलको ४७ औं मिनेटमा जिससले गोल गर्दा ५६ औ मिनेटमा क्यापोसले गोल गर्दै ब्राजिललाई ५–० गोलको अग्रता दिलाए । त्यस्तै, ब्राजिलका लागि ६५ औ मिनेटमा फिर्मिन्होले र रिचारलिसनले ७० औं मिनेटमा गोल गर्दै ७–० गोलको जित दिलाए ।

२०७६ जेठ २७ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :