नेपाली जनप्रगतिशिल मोर्चा साउदीको अध्यक्षमा कार्की, १९ सदस्यीय नयाँकार्यसमिति चयन

साउदी : नेपाली जनप्रगतिशिल मोर्चा साउदीको चौथो अधिवेशन सम्पन्न भएको छ । “संसारका श्रमिक तथा उत्पीडित जनता एकजुट हौँ !! स्वाभिमान समानता र रोजगारी ग्यारेन्टीको लागि प्रवासी मजदुर एक हौं !! विचार संप्रेषण गर्दै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गरौं !!” भन्ने नाराका साथ जेठ २३ गते साउदीमा सम्पन्न भएको अधिवेशनले युवराज कार्की (शिखर) अध्यक्ष रहने गरी १९ सदस्यीय नयाँकार्यसमिति चयन गरेको छ ।

 नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशिल मोर्चा साउदीको नयाँ कार्यसमितिमा उपाध्यक्ष सेते घर्ती मगर (कसम), महासचिव टिकाराम वलि (सुरेश), सचिव प्रवीण जिसी, र कोषध्यक्ष बिपिन शर्मा रहेका छन् । त्यस्तै सचिवालय सदस्यहरुमा हिक्मत रोक्कामगर, राम थापा, कैलाश मैनाली, गणेश अर्याल, इन्द्र विक र इस्लाम अलि रहेका छन् । सदस्यहरुमा थोम गुरूड़, माधव घिमिरे, शन्देश मगर, तोया भट्ट, केदार रावत, मोहन विक, राम खत्री र   बिरबहादुर खड्का  रहेका छन् । त्यसैगरी मोर्चा सल्लाकारमा दिल शुब्बा, तिर्थ पाख्रिन र भानु पर्देशी रहेका छन् ।

तिर्थ पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिखरले गरेका थिए । सहिदप्रति मौनधारणबाट सुरु गरिएको कार्यक्रममा दिपेश परियारले स्वागत मन्तव्य राखेका थिए । उनले नेपालको दलाल प्रवासमा ब्याप्त भएकै कारण नेपाली जनप्रगतिशिल मोर्चाले त्यसको डटेर सामना गर्ने उद्घोष गरे ।

त्यस्तै महासचिव सुरेशले प्रवाशमा रहेर आफ्नो धन्दा व्यवासाय चलायर आफुलाई खाती समाजसेवी भन्दै दलालि गर्नेविरुद्ध लड्ने घोषणा गरे । उक्त कार्यक्रममा बोलदे एनआरएनका सदस्य धर्म केसीले नेपाली राजनीतिमा एकमात्र प्रष्ट र देशभक्त रहेको पार्टी विप्लव नेतृत्वको नेपाल  कम्युनिस्ट पार्टी भएको जिकिर गरे ।

उनले साउदिमा पनि यो संगठनको भरपुर खाचो रहेकोमा जोडदिए । नेपालमा उक्त पार्टीलाई प्रतिबन्ध लगाएकोमा उनले सरकारको कडा आलोचना समेत गरे । कार्यक्रममा सहिद पुत्र दुर्गा वलीले कवितामार्फत हामी प्रतिबन्धित मान्छे अब प्रतिवाद गर्दै थप प्रतिवद्ध हुनुपर्ने बताएका थिए ।

नेपाली जनप्रगतिशिल मोर्चाका सल्लाहकार दिल सुब्बाले आफ्नो भनाइ राख्दै हिजो पनि लडी आएको र आबश्यक परे राज्यको नलायकपन, भ्रष्टाचार, घुसखोर दलालहरुकोविरुद्ध प्रतिवाद गर्न नेपाल फर्किन तयार रहेको बताए । मोर्चाका पूर्वअध्यक्ष तथा सल्लाहकार भानु प्रदेशीद्वारा गतिशील भाइचारा मोर्चाहरुले पठाएको शुभकामना बाचन गरिएको थियो ।

कार्यक्रममा अन्य वक्ताहरुले पनि मुक्त कण्ठले साउदिमा नेपाली जनप्रगतिशिल मोर्चा हिजो भन्दा झन दर्त गतिमा अघि बढोस भन्ने शुभकामना दिएका थिए ।

कार्यक्रमको समापन गर्दै नेपाली जनप्रगतिशिल मोर्चा चौथो अधिवेशन सभा अध्यक्ष तिर्थ पाख्रिनलेले हामीले राज्यलाई टेवा पुग्ने काम गर्दा पनि राज्य हामीलाई मान्दैन र हामीलाई प्रतिबन्ध लगाउछ तर, आफ्नै भातृसंगठनले राज्यकै आडमा प्रवासमा दलाली चलाउदा पनि राज्यले संरक्षण गर्छ भनेर आक्रोश पोखे । उनले विदेशमा बसेर दलाली धन्दा चलायर हुन्डी व्यवसाय चलाउने राज्य संरक्षितहरुको प्रतिवाद गर्न आफूहरु तयार रहेको प्रष्ट पारे ।

२०७६ जेठ २३ गते बिहिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :