प्राविधिक प्रतिष्ठानलाई कार्वाही गर्ने क्रान्तिकारीको चेतावनी

कपिलवस्तुः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) कपिलबस्तुले कपिलवस्तु प्राविधिक प्रतिष्ठान पिपरामा कालो ब्यानर टाँसेर सांकेतिक कार्वाहीको चेतावनी दिएको छ । क्रान्तिकारीले प्राविधिक प्रतिष्ठानले विद्यार्थीहरुसँग मनपरी लिएको रकम फिर्ता गर्नुपर्ने, विद्यालयको क्यान्टिनमा जङ्गफुड खाना निषेधित गर्नुपर्ने, विद्यार्थीलाई दिएको मानिसक र शारीरिक यातना रोक्नुपर्ने माग गर्दै कालो ब्यानर टाँसेको हो । साथै क्रान्तिकारीले प्राविधिक प्रतिष्ठानले आफ्नो संगठनसँग विगतमा गरेको सहमती कार्यान्वन गर्नुपर्ने र सिटिइभिटिइ अन्तर्गतको नियमावली पालना गरी कलेज संचालन गर्नुपर्ने बताएको छ । संगठनको केन्द्रीय नीति अन्तर्गत लुम्बिनी अञ्चल समितिको निर्देशनमा उक्त ब्यानर राखिएको क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले जानकारी दिएका छन् । साथै उनले संगठनले राखेका माग पुरा नगरेप्राविधिक प्रतिष्ठानमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

२०७६ जेठ २२ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :